Logo

बृज सिमेन्ट र आविस्कार केन्द्रबीच सम्झौता, मेकर स्पेस निर्माणमा बृज सिमेन्ट

बृज सिमेन्ट र आविस्कार केन्द्रबीच सम्झौता, मेकर स्पेस निर्माणमा बृज सिमेन्ट



काठमाडौं । महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्र र वृज सिमेन्टबीच सम्झौता भएको छ । एशियाली नोवेल पुरस्कार बिजेता एवं तार रहित वायरलेस इन्टरनेट सेवा प्रदायक पुनद्धारा स्थापित आविष्कार केन्द र पुष्पतारा केडिया सेवा संस्था तथा वृज सिमेन्ट प्रालि बीच त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौता अनुसार सेवा संस्था तथा वृज सिमेन्टले पुनद्धारा निर्माणधिन मेकर स्पेसको निर्माणको लागि ओपिसि÷पिपिसि सिमेन्ट उपलब्ध गराउनेछ ।

आविस्कार केन्द्रले अनुसन्धानमा लागेकाहरुलाई आर्थिक सहयोग दिई लगानी तथा बजार सम्म पुर्याउने उद्देश्यले निर्माण भएको सो प्रयोगशालाको ६० प्रतिशत काम सम्पन्न भएको पुनले जानकारी दिए ।

वृज सुपर प्रिमियम ओपिसि सिमेन्टको ब्राण्ड एम्बेसेडर समेत रहेका पुनलाई सहयोग गर्न पाउँदा पुनको मेकर स्पेस निर्माणमा कोसे ढुङगा सावित हुनेमा कम्पनीको प्रबन्ध निर्देशक मनोज केडियाले बताए । ‘नेपालमा अरु उद्योगहरुले पनि पुनलाई सहयोग गर्नु पर्छ,’ उनले भने, ‘राष्ट्रको हितमा काम गर्ने संस्था वा ब्यक्ति जसलाई पनि सहयोग गर्नु पर्छ ।’

ब्यापार घाटा कम गर्न युवालाई पलायन हुनबाट रोक्नु पर्ने पुनले सुझाव दिएका छन । उनले भने अहिले नेपालको आयात बढी र निर्यात कम भएकाले देश कंगाल भईसकेको बताएका छन । ‘नेपालमा जती पनि सरकार बन्छ काम कसैले पनि गर्न सकेको छैन सवै भाषणमा मात्र सिमित भएको छ,’ उनले भने, ‘जुन दिन नेपालका युवालाई रोकेर नेपालमानै काम गर्ने बातवरण बनाउँछ त्यही दिन सरकारलाई फुलमाला लगाउने छु ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL