Logo

पुननिर्माणमा प्राधिकरणले परिचालन गर्यो १ खर्ब, थप रकम नहुँदा ३ लाख वितरणमा समस्या

पुननिर्माणमा प्राधिकरणले परिचालन गर्यो १ खर्ब, थप रकम नहुँदा ३ लाख वितरणमा समस्या



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले फागुन मसान्तसम्म १ खर्ब १ अर्ब ६२ करोड रुपैंया निर्माणका क्षेत्रमा खर्च गरेको छ ।

प्राधिकरणले भुकम्पबाट अतिप्रभावित र प्रभावित गरी ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालका अनुसार ३२ जिल्लामा करिव १ लाख १३ हजार घर निर्माण भइसकेको छ भने ३ लाख ८४ हजार घर निर्माणका क्रममा रहेको बताएका छन ।

प्राधिकरणसँग पर्याप्त रकम नभएका कारण प्रभावितलाई ३ लाख रुपैंयाँ उपलब्ध गराउन नसकिएको बताएका छन । २०७२ मा गएको भूकम्पबाट ७ हजार ५ सय ५३ विद्यालयमा क्षति पुगेकामा ३ हजार विद्यालय निर्माण भइसकेको छ भने १ हजार ७ सय विद्यालय बन्ने क्रममा रहेको प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै, ७ सय ५३ सांस्कृतिक सम्पदामा क्षति भएकोमा करिब एक सय सम्पदा निर्माण भइसकेको प्राधिकरणले जानकारी दिएको छ । रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL