Logo

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पून ६ घण्टा बन्द

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पून ६ घण्टा बन्द


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्ड शनिबारदेखि पून बन्द गरिएको छ ।

होली पर्वलाई मध्यनगर गरेर बिहीबार र शुक्रबार २४ सैं घण्टा गाडी बस गाडी चलाउन दिइएको सो सडक आजदेखि ६ घण्टा बन्द गरिएको हो ।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बस गाडी चलाउन रोक लगाइएको सडक विस्तार आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए।

उनका अनुसार नारायणगढबाट मुग्लिन छिर्ने गाडीलाई भतेरी जंगलमा, काठमाडौंबाट छिर्नेलाई लेवाटारमा र पोखराबाट छिर्नेलाई आँबुखैरेनीमा रोकिने छ ।

सडकको १६ किलोमिटर, घुमाउने, चेपाङ डाँडालगायतका ठाउँमा पहाड काट्न भर्इरहेकोले गाडी चलाउन रोक लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL