Logo

आज र भोली नारायणगढ- मुग्लिन सडक बन्द नहुने

आज र भोली नारायणगढ- मुग्लिन सडक बन्द नहुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । फागु पूर्णिमा अर्थात होली पर्वका कारण नारायणगढ–मुग्लिन सडकखण्ड खुल्ला गरिएको छ । सो सडक आज र भोली २ दिन बन्द नगरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी दिएको हो ।

यसअघि उक्त सडक बिहान १० देखि अपराह्न ४ बजेसम्म गाडी रोकेर भित्तो काट्ने काम चल्दै आएको थियो ।

आयोजनाले एक सूचना जारी गदैहोलीमा यात्रुको सहजताका लागि सडक खुला गरिएको बताएको हो । सडकको ३४ किलोमिटर क्षेत्रको काम अहिलेसम्म करिब ७५ प्रतिशत पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL