Logo

नारायणगढ-मुग्लिन सडक ४ दिनका लागि खुल्ला, ओभरट्याक नगर्न माइक्रोचालकहरुलाई आग्रह

नारायणगढ-मुग्लिन सडक ४ दिनका लागि खुल्ला, ओभरट्याक नगर्न माइक्रोचालकहरुलाई आग्रह


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबारसम्म बन्द नहुने भएको छ । नारायणघाट मुग्लिन सडक आयोजनाले माघे संक्रान्तिलाई लक्षित गर्दै शनिबारदेखि सवारी आवतजावतमा रोक नलगाएको हो ।

आयोजनाले रातिको समयमा छ घण्टा गाडी रोकेर सडक चौडा पार्ने काम गरिरहेको थियो । थारुको माघी पर्व र माघे संक्रान्तिमा चितवनको देवघाटमा मेला लाग्ने भएकोले देशैभरिबाट आवतजावत गर्ने झक्तजनलाई लक्षित गरेर सवारी आवागमनमा रोक नलगाएको हो ।
यस दौरानमा विशेष गरि साना निजी सवारी तथा माईक्रो बसहरुले कृपया आफ्नो साईड कायम राख्न आयोजनाले आग्रह गरेको छ । साथै जथाभावी ओभरटेक नगर्नुहुन अनुरोध समेत भनेको छ ।

८० प्रतिशत भन्दा बढी जाम माइक्रोबसको कारण हुने गरेको र जामको दोष आयोजना र ट्राफिक प्रहरीलाई दिईरहेको बताएके छ ।

सडकमा अहिलेसम्म ७० प्रतिशत मात्रै काम पूरा भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL