Logo

मुग्लिन–नारायणगढ सडकमा ‘एनिमल पास बे’,‘चेन लिंक र लाइभ फेन्सिङ निर्माण गर्न ठेक्का

मुग्लिन–नारायणगढ सडकमा ‘एनिमल पास बे’,‘चेन लिंक र लाइभ फेन्सिङ निर्माण गर्न ठेक्का


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मुग्लिन नारायणगढ सडकमा ‘एनिमल पास बे’ निर्माण भएको छ । बन्यजन्तुलाई आवतजावतका लागि सहज बनाउने उद्देश्यसहित एनिमल पास बे निर्माण गरिएको हो  ।

यसैक्रममा नारायणगढ मुग्लिन सडक आयोजनाले ‘चेन लिंक फेन्सिङ र लाइभ फेन्सिङनिर्माण गर्न ठेक्का आवह्वान गरेको छ । मुग्लिन नारायणगढ सडकलाई बन्यजन्तुमैत्री सडक बनाउन ठेक्का आवह्वान गरिएको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

बरण्डाभार फरेष्ट करिडोर अन्तर्गतको आपँटारी र भतेरी जंगलमा चारओटा एनिमल पास वे निर्माण निर्माण गरिएको छ । एनिमल पास वे निर्माण गरेर सो सडकलाई नेपालकै पहिलो बन्यजन्तुमैत्री बनाउन लागिएको उनले बताए । साथै यसलाई थप प्रभावकारी, उपयोगी तथा सुरक्षित बनाउने उद्देश्यसहित सिएनपी, डिएफओ चितवनलगायत कार्यालयका विज्ञहरुसँग राय लिइएको थियो । सोहि अनुसार नै ठेक्का आवह्वान गरिएको हो ।

अहिले जंगली जनाबरहरु अन्डरपासबाट आवतजावत गर्न थालेका छन् । जनावरको थप सुरक्षाका लागि तारबार तथा विरुवा रोप्नका लागि टेन्डर आवह्वान गरिएको खनालले जानकारी दिए ।

वनक्षेत्रमा सडक हुँदै ठूलो संख्यामा बन्यजन्तु आवतजावत गर्छन् । सडक फराकिलो बनाउने क्रममा विश्व बैंकले वातावरणमैत्री सडक बनाउनुपर्ने बताएपछि सोही अनुरुप बनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL