Logo

नारायणगढ मुग्लिन सडक आज दिनभर बन्द

नारायणगढ मुग्लिन सडक आज दिनभर बन्द


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड शनिबार बन्द हुने भएको छ । स्तरोन्नतीको क्रममा रहेको सो सडक शनिबार दिनभर बन्द गरेर निर्माण गर्न लागिएको हो । सडकखण्डअन्तर्गतको सेतीदोभानमा रहेको ढुंगा खस्नलागेको भन्दै सवारी आवागमन रोकिएको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

जोखिमयुक्त ढुंगो पन्छाउनका लागि आवागमन रोकिएको हो उनले भने ताकी कुनै पनि मानविय दुर्घटना नहोस ।

उनका अनुसार आज १० बजेदेखि ५ बजेसम्म सवारी आवतजावत रोकिने छ । सडकखण्डको सेती दोभानमा खस्न लागेको चट्टान रहेकाले हटाउन लागिएको हो ।

यात्रुहरुलाई बैकल्पिक बाटा् प्रयोग गर्न अनुरोध समेत गरेको छ ।

त्यस्तै भोलि आइतबारदेखि भने कालोपत्र गर्ने स्थानमा एकतर्फी बाटो सञ्चालन गरिने छ । त्यस्तै भित्तो काट्ने स्थानमा बीचबीचमा सडक रोक्दै काम अघि गरिने छ ।
आइतबारदेखि ७ देखि ८ः३० बजे, ११ देखि १२ बजे, १ देखि २ बजे र ३ देखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम गरिने बताइएको छ । चुनवसम्म सवारी आवागमन नरोकिने भनिएपनि काममा ढिलाई हुने भएकोले विचविचमा रोक्दै चट्टान काट्ने काम गर्न लागेको हो । चुनाव पछी भने दैनिक ८ घण्टासम्म सवारी आवागमन रोकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL