Logo

भुकम्प पीडितलाई दोस्रो र तेस्रो किस्ता एकैपटक, ५० हजार घर निर्माण सम्पन्न

भुकम्प पीडितलाई दोस्रो र तेस्रो किस्ता एकैपटक, ५० हजार घर निर्माण सम्पन्न


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले भुकम्प पीडितलाई घर निर्माणका लागि दोस्रो र तेस्रो किस्ता एकै पटक उपलब्ध गराउने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आवास निर्माण गरेर दोस्रा किस्ताका लागि योग्य भूकम्प पीडितहरुलाई गाउँपालिका र नगरपालिकाको सिफारिसमा अग्रीम रुपमा तेस्रो किस्ता उपलब्ध गराउने लागेको हो ।

निजी आवास निर्माणमा लाभग्राहीलाई अग्रीम रुपमा तेस्रो किस्ता दिनका लागि अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरेसँगै भुकम्प पीडितले उक्त अनुदान पाउन लागेका हुन् । उनीहरुले स्थानीय तहको जिम्मामा ५ महिनाभित्र घर निर्माण सम्पन्न गर्ने शर्तमा तेस्रो किस्ता अग्रीम रुपमा पाउन लागेका हुन् ।

 

प्राधिकरणका अनुसार यही असोज २२ गतेसम्ममा ५० हजार २ सय ५१ घर निर्माण सम्पन्न भइसकेका छन् भने १ लाख ३० हजार घरहरु निर्माणधिन अवस्थामा छन् । नयाँ व्यवस्था अनुरुप निर्माणधिन अवस्थामा रहेको घरहरुले दोस्रो र तेस्रो किस्ता वापट एकै पटक साढे २ लाख रुपैयाँ पाउनेछन् ।

५० हजार रुपैयाँ लिएर निजी आवास निर्माणका लागि जग उठाएका घरधनीले एकै पटक साढे २ लाख रुपैयाँ प्राप्त गरेसँगै घर निर्माणमा थप सहजता हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL