Logo

महासंघका प्रतिनिधिमण्डल मलेशिया प्रस्थान, इफाप्काको ३८ औं बैंठकमा सहमागिता जनाउने

महासंघका प्रतिनिधिमण्डल मलेशिया प्रस्थान, इफाप्काको ३८ औं बैंठकमा सहमागिता जनाउने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२१ माघ, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिमण्डल मलेशिया गएका गएका छन् । महांघका अध्यक्ष शरदकुमार गौचनकोे नेतृत्वमा ४ सदस्यीय प्रतिनिधिमण्डल इन्टरनेशनल फेडरेशन अफ वेस्टर्न प्यासिफिक कन्ट्याक्टर एशोसियशनको ३८ औं बोर्ड मिटिङमा सहभागी हुनका लागि मलेशिया गएका हुन् । यही माघ २२ र २३ मलेशियामा उक्त कार्यक्रम हुँदैछ ।

उक्त कार्यक्रममा अध्यक्षका साथै निर्वतमान अध्यक्ष जयराम लामिछाने, उपाध्यक्ष तथा इफाप्का बोर्ड सदस्य निकोलस पाण्डे र एशोसिएट सदस्य शशिधर रिजाल गएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले सन् १९९३ मा उक्त संस्थाकोा सदस्यता प्राप्त गरेका थियो । इफाप्काको मलेसियामा सम्पन्न २९औं सम्मेलनले नेपाललाई अध्यक्षमा निर्वाचित गरेको थियो । सदस्यता प्राप्त गरेको छोटै अवधिमा महासंघले सन् १९९९ मा उक्त संस्थाको ३० औं इफाप्का अन्तराष्ट्रिय सम्मेलन काठमाण्डौमा सम्पन्न गरेको थियो ।

हाल एशिया तथा पश्चिमी प्रशान्त क्षेत्रका १६ वटा देश मध्ये बंगालादेश, भारत, दक्षिण कोरिया, नेपाल, हङकङ, इन्डोनेसिया, माल्दिभ्स, अष्ट्रेलिया, मलेसिया, श्रीलंका, न्यूजील्याण्ड, जापान, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड, ताइवान लगायतका निर्माण व्यवसायी संघहरु उक्त अन्तराष्ट्रिय संस्था इफाप्कामा सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL