Logo

खिम्ती–ढल्केवर प्रसारण लाइन डबल सर्किटको ७० प्रतिशत काम सम्पन्न, असोजदेखि संचालन

खिम्ती–ढल्केवर प्रसारण लाइन डबल सर्किटको ७० प्रतिशत काम सम्पन्न, असोजदेखि संचालन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । खिम्ती–ढल्केवर २२० केभी प्रसारण लाइनको डबल सर्किटको ७० प्रतिशत काम सम्पन्न भएको छ । ७४ किलोमिटर प्रसारण लाइनमध्ये ५२ किलोमिटर लाइन तान्ने काम सकिएको परियोजनाका सहायक लेखापाल श्रीराम सापकोटाले जानकारी दिए । ‘अव २२ किलोमिटर तार तान्ने काम बाँकी छ,’ उनले भने, ‘आगामी दशैसम्म सम्पन्न गर्ने उद्देश्यसहित निर्माणको काम अघि बढेको हो ।’

सिंगल सर्किटबाट करेन्ट पास भइरहेको हुनाले डबल सर्किटको काम तिव्र रुपमा अघि बढाउन नसकिएको उनले बताए । ‘एउटा सर्किटमा विद्युत प्रवाह भइरहेकोले पानी पर्ने वित्तिकै काम रोक्नुपर्ने हुन्छ’ उनले भने ‘त्यसले गर्दा पनि काम छिटो गर्न सकिएको छैन ।’

डवल सर्किटबाट ७ सय मेगावाट विद्युत आयात तथा निर्यात गर्न सकिने छ । खिम्ती ढल्केवर प्रसारण लाइनको सिंगल सर्किट गत माघदेखि सञ्चालनमा आएको हो । पहिलो सर्किटको कलपत्रु पावर ट्रान्समिसन लिमिटेडले निर्माण गरेको हो ।

दोस्रो सर्किट डालियन गुआनमिङ मेकानिकल एण्ड इलेक्ट्रीकल इन्सटिलेसन कम्पनी लिमिटेड र मुडभरी जोसी कन्सट्रक्सन प्रालीले निर्माण गरिरहेको छ । त्यसैगरी सवस्टेशनको विस्तारको जिम्मा मुडभरी एण्ड जोशी कन्स्ट्रक्सनले पाएको छ । सो प्रसारण लाइनको सिंगल सर्किटबाट ३ सय ५० मेगावाट विद्युत आयात तथा निर्यात भइरहेको छ ।

खिम्ती –ढल्केवर प्रसारण लाइनले लोडसेडिङ अन्त्य गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । यसले काठमाडौंका केही भागमा ढक्लेबारबाट सप्लाइन दिन सकेको उनले बताए । काठमाडौंको लाइन बन्द भएपनि खिम्तीको पावर ढल्केवारबाट अन्य स्टेशनमा प्रसारण गर्न सक्ने उनले जानकारी दिए ।

सो प्रसाण लाइनको क्षमता ३ सय ५० मेगावाट भएपनि अहिले काठमाडौंको माग अनुसार ७० मेगावाट प्रसारण गरेको प्राधिकरणले जानकारी दिएको छ । खिम्ती ढल्केवर निर्माणका लागि १ अर्व ९५ करोड रुपैयाँ खर्च भएको छ ।

आयोजनाबाट न्यून भोल्टेजको समस्या समाधान हुने, प्रसारण लाइन लस १० मेवासम्म कम हुने, हिउँदमा ढल्केवरबाट हुने आयातलाई काठमाडौंसम्म पुर्याउन सकिने छ ।

साथै यसले रामेछाप, दोलखा र ओखलढुंगाका जलविद्युत आयोजनाहरुलाई पनि सहयोग गर्ने छ । खिम्ती ढक्लेवर प्रसारण लाइन निर्माणका लागि सन् १९९५ मा अध्ययन भएको थियो । तर बजेट अभावका कारण काम अघि बढेको थिएन । सन् २००५ मा मात्र आर्थिक व्यवस्था भएपछि काम शुरु भएको हो । सो आयोजना २००९ मै सम्पन्न हुनुपर्ने थियो । जग्गा प्राप्ती, मुआव्जा तथा विभिन्न स्थानीय समस्याले गर्दा निर्माणमा ढिलाई भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL