Logo

स्वामित्व विवादमै अलमलियो धरहरा, लागतमै अलमल, कहिले ठडिएला ?

स्वामित्व विवादमै अलमलियो धरहरा, लागतमै अलमल, कहिले ठडिएला ?


रक्षा रेग्मी
0
Shares

स्वामित्व विवादमै अलमलियो धरहरा, लागतमै अलमल, कहिले ठडिएला ?
काठमाडौं । विनाशकारी भुकम्पको दुई बर्ष बित्दा पनि धरहरा निर्माण भने अझै पनि अन्यौलमै रहेको छ । धरहराको पूर्ननिर्माणका लागि विभिन्न चरणमा छलफल तथा अध्ययन भए पनि टुंगो भने लागेको छैन ।
सरकारले नेपाल टेलिकमलाई धरहरा निर्माणको जिम्मा दिए पनि कम्पनीले कति बर्ष स्वामित्व आफ्नो नाममा राख्न पाउने निर्णय भइसकेको छैन । धरहरा पुनर्निर्माण भइसकेपछि केही वर्ष आफ्नै स्वामित्वमा हुनुपर्नेे, निर्माण गर्दा लागेको लगानी उठेपछि मात्र सरकारलाई हस्तान्तरण गर्ने प्रस्ताव नेपाल टेलिकमले करिव २ हप्ताअघि राखेपनि पुरातत्व विभागबाट त्यसबारे ठोस निर्णय नआएको टेलिकमका सह प्रवक्ता सोधन अधिकारी बताउँछन् ।

dharahara 45

त्यस्तै धरहरा पुनर्निर्माणको कुल लागत पनि अझै टुङगो लागेको छैन । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर छलफलको निर्णय नआएको बताउँछन् । टेलिकम भने पुरातत्व विभागले नै निर्णय नगर्दा काममा ढिलाई भएको दाबी गर्छ । सह प्रवक्ता अधिकारीका अनुसार विभागले धरहराको नक्सा पनि अहिलेसम्म उपलब्ध गराएको छैन ।

टेलिकमले हाल आफैले आठ जनाको समुह बनाएर पुनर्निर्माणको लागतको अध्ययन अघि बढाएको उनले जानकारी दिए । सरकारसँगको सहकार्यमा टेलिकमले पुनर्निर्माण गर्न लागेको हो । सरकारले शुरु गरेको ‘मेरो धरहरा मै बनाउछु’ अभियान अन्तर्गत जम्मा भएको रकम बाहेक बाँकी रकम टेलिकमले व्यहोर्नेछ । गत साउनमा नेपाल टेलिकमले संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्रालय र पुरातत्व विभागसमक्ष धरहरा निर्माणका लागि प्रस्ताव पेस गरेपछि सो प्रस्ताव स्वीकृत भएको थियो ।

भत्किएको धरहरा पाँच रोपनीमा बनेको थियो । नयाँ बन्ने धरहरा करिब ४२ रोपनी क्षेत्रफलमा पुनर्निर्माण हुने छ । २ सय ४५ फिट अग्लो बनाइने धरहराको १०औं तलामा मिनी थिएटर राखिने योजना छ । धरहराको एक भागमा म्यूजिएम हुनेछ जहाँ पुराना सिक्का छाप्ने मेसिन राखिने छ । नयाँ धरहरा १० रेक्टर स्केलसम्मको भुकम्प प्रतिरोधिक हुनेछ । डिजाइनअनुसार ११ तले धरहरामा अन्डरग्राउन्ड पार्किङ, म्युजियम र बगैंचा हुनेछ । धरहराको बाहिरी आवरण पहिलेजस्तै देखिए पनि भित्री भाग भने आधुनिक डिजाइनको बनाउने तयारी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL