Logo

चक्रपथ विस्तार तीव्र गतिमा, कलंकी-कोटेश्वर सडक विस्तारको ४६ प्रतिशत काम सम्पन्न

चक्रपथ विस्तार तीव्र गतिमा, कलंकी-कोटेश्वर सडक विस्तारको ४६ प्रतिशत काम सम्पन्न


रक्षा रेग्मी
0
Shares

काठमाडौं । चक्रपथ विस्तार परियोजनाको ४६ प्रतिशत काम सम्पन्न भएको छ । परियोजनाको पहिलो चरण अन्तर्गतका कलंकी कोटेश्वर विस्तारको ४६ प्रतिशत काम सम्पन्न भएको परियोजना प्रमुख ज्ञानेन्द्र झाले जानकारी दिए ।

चीन सकारको सहयोगमा शुरु गरिएको चक्रपथ विस्तार अन्तर्गत पहिलो चरणमा कलंकी–कोटेश्वरको सडक ८ लेनको बनाउन शुरु गरिएको हो । पहिलो चरणको निर्माणमा कलंकीमा अन्डरपास निर्माणको काम भइरहेको छ । त्यस्तै एकान्तकुना, सातदोबाटो र ग्वार्कोमा आकासेपुल निर्माण गर्न माटो परिक्षण भइसकेको छ । ती स्थानमा चाँडै नै निर्माणकार्य शुरु गरिने झाले जानकारी दिए ।

चक्रपथ विस्तारका लागि चीनले प्राविधिक र आर्थिक सहयोग गरेको छ । चक्रपथ विस्तार परियोजना दुई चरणमा सम्पन्न गर्न लागिएको हो । पहिलो चरण अन्तर्गत २०१८ को जुलाई भित्र काम सक्ने लक्ष्य लिइएको परियोजना प्रमुख झाले जानकारी दिए ।

त्यस्तै दोश्रो चरण अन्तर्गत पर्ने तिनकुने –चक्रपथको विस्तारका लागि अध्ययनको तयारी थालिएको सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीले जानकारी दिए । दोस्रो चरणको काम पनि शुरु भएको चार वर्षभित्र सम्पन गर्ने लक्ष्य रहेको उनले बताए ।

कुल २७ किलोमिटर लम्बाई रहेको चक्रपथको निर्माणाधिन पहिलो खण्डको लम्बाई ९ दशमलव ५ किलोमिटर रहेको छ । ८ लेनको सडक निर्माण गरेसँगै तीव्र र सामान्य गतिमा गुड्ने गाडीका लागि लेन छुट्याइने छ । जसअनुसार ४ लेनमा तीव्र गतिका र बाँकी ४ लेनमा सामान्य गतिमा गुड्ने सवारीसधानका लागि छुट्याइने भएको छ ।

त्यस्तै सडकको दुवैतिर ३÷३ मिटर फुटपाथ र साईकल ट्रेक समेत निर्माण गरिदै छ । कलंकी–कोटेश्वर खण्डको निर्माण लागत करिव ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । दोस्रो खण्डको लागतबारे चिनियाँ प्राविधिक टोलीले अध्ययन गरेपछि मात्र थाहा हुने अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL