Logo

यसरी विस्तार हुँदैछ लामोसाघुँ जिरी सडकखण्ड, हेर्नुहोस तस्विरमा !

यसरी विस्तार हुँदैछ लामोसाघुँ जिरी सडकखण्ड, हेर्नुहोस तस्विरमा !


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको जिरीसम्मको सडकखण्डको स्तरोन्नति द्वुत गतिमा भइरहेको छ ।
geeri_1
उक्त सडकखण्डको १ सय १० किलोमिटर सडक स्तरोन्नतिको पछिल्लो समय द्वुत गतिमा भइरहेको आयोजनाले जानकारी दिएको छ ।
geeri_2
हाल खाडीचौरदेखि मुडेसम्मको २५ किमि र मुडेदेखि चरिकोटसम्मको ३० किमिको काम भइरहेको छ ।
geeri_3
काम सुरु गरेको २ वर्षमा पूरा गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।
geeri_4
ठेकेदारलाई जवाफदेही एक वर्षमा ३० प्रतिशत काम नभए जरिवाना गर्ने व्यवस्था भएको छ । जस अनुसार ठेकेदारले पनि कामलाई द्वुत गतिमा अघि बढाएको हो ।
geeri_5
सो आयोजनाको पहिलो चरणको काम अक्टोवर २०१५ बाट र दोस्रो चरणको काम २०१६ को मार्चबाट सुरु भएको छ ।
geeri_6
सो सडकखण्डको सम्पूर्ण कामको ठेक्का चालू आर्थिक वर्ष भित्र सक्ने लक्ष्य लिइएको छ ।
geeri_7
विस्तारसँगै सो सडकखण्डको चौडा ७ मिटरको हुनेछ । हाल ३ मिटरको मात्र रहेको छ ।
geeri_8
सो सडकको साढे ५ मिटरसम्म कालोपत्रे र ७५/७५ सेन्टिमिटर दुवैतर्फ सोल्जर बाटो हुनेछ ।
प्रस्तुतीडिकबहादुर विष्ट

प्रतिक्रिया दिनुहोस्
MBL