Logo

मेलम्चीको २० किलोमिटरको सुरुङमार्ग निर्माण, असोजबाट काठमाडौंमा पानी

मेलम्चीको २० किलोमिटरको सुरुङमार्ग निर्माण, असोजबाट काठमाडौंमा पानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना निर्माणको काम द्रुत रुपमा अघि बढेको छ । २०७४ को असोजसम्म उपत्यकामा पानी वितरण गर्ने लक्ष्यसहित काम अघि बढाइएको आयोजनाले जानकारी दिएको छ ।

व्यवस्थापिका संसदको विकास समितिमा आज भएको छलफलमा हाल सुरुङमार्ग तथा पानी प्रशोधन केन्द्रहरुको निर्माण अघि बढेको जानकारी दिइएको हो । हाल आयोजनाको २० किलोमिटरको मुख्य प्रवेशमार्ग निर्माण भइसकेको बताइएको छ । त्यस्तै २१ दशमलव १ किमीको ३ ओटा अडिट मार्गहरु समेत संचालनमा आइसकेको छ । आयोजनाको ६ ओटा साईट कार्यलय समेत निर्माण भइसकेको छ भने सवै साइटहरुमा साइट कार्य निर्माण गरि संचालन गरिएको हो ।

मेलम्चीमा हाल २७ दशमलव ५८ किलोमिटरको सुरुङमार्ग निर्माण भइसकेको छ । साथै सवै अडिटबाट सुरुङ निर्माण कार्य सुचारु भएको आयोजनाले जानकारी दिएको छ । पानी प्रशोधन केन्द्रको २० हजार घनमिटर कंक्रिट ढलान कार्य सम्पन्न भएको छ । दैनिक ८ करोड ५० लाख लिटर प्रशोधन क्षमताको पानी प्रशोधन केन्द्रको विभिन्न ईकाईहरुको समेत निर्माण भइसकेको छ ।

आयोजनाले २०७३ ÷७४ मा हेडवक्र्स तथा सुरुङ निर्माणको लक्ष्य छ । चालु आवमा ६० प्रतिशत काम सम्पन्न गरिने बताइएको छ । त्यस्तै २०७४ असोजभित्र ९ किमीको सुरुङमार्ग निर्माण सम्पन्न गरिने छ । तर, सरकारले २०७३ को वैशाखमा मेलम्चीको पानी उपत्यका भित्र्याउने प्रतिवद्धता व्यक्त गरे पनि अझै केही समय लाग्ने आयोजनाले जानकारी दिएको छ ।

आयोजना कार्यन्वयनका क्रममा निर्माण व्यवसायीको कमजोर व्यस्थापन, स्थानीय निर्माण सामग्रीको आपुर्तिमा असहजता, कमजोर भौगोलिक पत्रहरुले गर्दा सुरुङ खुम्चिने तथा अन्तरनिकाय समन्वय तथा सहयोगलगायत समस्या देखा परेका छन् ।

सरकारले बुहप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाका लागि ५ अर्व ५८ करोड बजेट विनियोजन गरेको थियो । आर्थिक बर्ष २०७३÷ ७४ का लागि सो रकम विनियोजन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL