Logo

काठमाडौंमा २ सय शैय्याको हिमालयन मेडिसिटी हस्पिटल खुल्दै, २ अर्व लगानी

काठमाडौंमा २ सय शैय्याको हिमालयन मेडिसिटी हस्पिटल खुल्दै, २ अर्व लगानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंमा २ सय शैय्याको नयाँ अस्पताल खुल्ने भएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्वर २ मा हिमालयन मेडिसीटी इन्टरनेशनल प्रालि नामक अस्पताल सञ्चालनको तयारी थालिएको हो । हाल अस्पताल सञ्चालनका लागि उद्योग विभागमा प्रस्ताव पेस भएको विभागका अनुमति शाखा अधिकृत रामप्रसाद लुईटेलले जानकारी दिए ।

लुइटेलका अनुसार विभागले अस्पतालको क्षमता तथा प्रक्रियालगायतबारे अध्ययन गरेर दर्ताको स्वीकृति दिनेछ । त्यस लगत्तै दर्ता गरेर मात्र अस्पताल सञ्चालन गर्न सक्नेछ ।

विभागमा असोज २ गते दर्ता पेस भएकोमा हाल स्वीकृतिको प्रक्रियामा रहेको उनले बताए । सो अस्पतालको सञ्चालकमा हरिशचन्द्र न्यौपानेको नाम रहेको छ ।
विभागमा पेश गरेको प्रस्ताव अनुसार अस्पताल करिव २ अर्व रुपैयाँको लगानीमा सञ्चालन हुन लागेको बताइएको छ । जसमध्ये स्थिर पूँजी १ अर्व ८० करोड ८९ लाख रुपैयाँ रहेको छ । त्यस्तै अस्पतालको चालु पूँजी ९ करोड ११ लाख रहेको बताइएको छ । सो अस्पताल सञ्चालनमा आएसँगै १ हजार २ सय केभीए विद्युत खपत गर्ने छ ।

सो अस्पतालबाट १ सय २७ जनाले रोजगारी पाउने बताइएको छ । अस्पताल शतप्रतिशत स्वदेशी लगानीमा सञ्चालन हुन लागेको हो । अस्पतालमा अत्याधुनिक शल्यक्रिया कक्ष तथा आवश्यक सम्पूर्ण पूर्वाधार उपलब्ध गराइने बताइएको छ

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL