Logo

भुकम्प प्रतिरोधी भवन बनाउन अर्घाखाँची सिमेन्टको प्रशिक्षण, ५० जनाले लिए तालीम

भुकम्प प्रतिरोधी भवन बनाउन अर्घाखाँची सिमेन्टको प्रशिक्षण, ५० जनाले लिए तालीम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भुकम्प प्रतिरोधी भवन निर्माणका लागि अर्घाखाँची सिमेन्टले प्रशिक्षण दिएको छ । अर्घाखाँचीले हेटौंडाका निर्माणकर्मीलाई गुणस्तरीय र भूकम्प प्रतिरोधी भवन निर्माणको प्रशिक्षण दिएको छ । हेटौंडाका ५० जनाभन्दा बढी भवन निर्माणकर्मीलाई सिमेन्टको गुणस्तरीयता र भूकम्प प्रतिरोधी भवन बनाउने तरिकावारे प्रशिक्षण दिएको हो ।

निर्माणकर्मीलाई भूकम्प प्रविधि राष्ट्रिय समाजले तयार पारेको भिडियो सामाग्री देखाएर भूकम्प प्रतिरोधी भवन निर्माणको बारेमा प्रशिक्षण दिइएको थियो । त्यस्तै भवन निर्माण गर्दा अर्घाखाँची ओपीसी सिमेन्टको प्रयोग महत्वपूर्ण हुनुमा गुणस्तरीयता प्रमुख कारण रहेको कम्पनीका मार्केटिङ म्यानेजर रमेश थापाले जानकारी दिए ।

मुलुकमा निर्मित ठूला आयोजनामा अर्घाखाँची सिमेन्ट प्रयोग भएको र सिमेन्ट अत्याधुनिक प्रविधिबाट उत्पादन गरिएकाले यो नेपालकै एक गुणस्तरीय ओपीसी सिमेन्ट रहेको थापाको दावी थियो । सिमेन्ट उत्पादन विधि र गुणस्तरीयताको विषयमा उद्योगका इन्जिनियर विकास भट्टराईले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नेपाल निर्माण सामाग्री व्यावसायी महासंघका वरिष्ठ उपाध्यक्ष कृष्णराम न्यौपाने, अर्घाखाँची सिमेन्टका हेटौंडाको लागि आधिकारीक विक्रेता मनोज जालान, सिमेन्ट विक्रेता बालकृष्ण बजगाईं लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

उद्योगले दैनिक १ हजार २ सय मेटिक टन (२४ हजार बोरा) सिमेन्ट उत्पादन गरिरहेको कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL