Logo

काठमाडौंका प्रमुख स्थानमा ३ वर्षभित्र सोलार प्लाण्ट, ५ करोड लगानी

काठमाडौंका प्रमुख स्थानमा ३ वर्षभित्र सोलार प्लाण्ट, ५ करोड लगानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं भित्री शहरमा सोलार प्यानल जडान गरिने भएको भएको छ । विशेष गरी घना वस्ती भएको मुख्य/मुख्य स्थानमा सोलार प्लाण्ट राख्न लागिएको महानगरपालिकाका पव्लिक वर्क कन्सट्रक्सन विभागका प्रमुख डा.उत्तरकुमार रेग्मीले बताए ।

महानगरको भित्री शहरका सडकमा आगामी ३ बर्षभित्र सोलार प्लाण्ट जडान गरिसक्ने रेग्मीले जानकारी दिए । ‘सोलार जडानका लागि बोलपत्र आवह्वान गरिएको छ,’ उनले भने ।

बढ्दो लोडसेडिङका कारण राजधानीका सहर अध्यारो भएपछि उज्यालो बनाउन सोलार प्लाण्ट जडान गर्न लागिएको हो । ‘साझको व्यापार, व्यवसाय तथा मनोरञ्जनका कार्यक्रमहरु हुने भएकोले सोलार जडान गर्न लागिएको हो,’ उनले भने, ‘त्यसमा पनि राजधानी त सधै उज्यालो हुनुपर्छ भन्ने मान्यता छ ।’ महानगरपालिकाले विशेषगरी घना र पुरानो बस्तीका सहरको सडकमा सोलार लाइट जडान गर्न लागेको उनले जानकारी दिए ।

उनका अनुसार त्रिपुरेश्वर देखि लैनचौंर, विष्णुमती देखि टेकु र टेकु देखि त्रिपुरेश्वर सडकमा स्ट्रिट लाइट राखिने छ । महानगरले भित्रि सहरका १५ किलोमिटरमा दुरीमा ५ सय सोलार प्लाण्ट राख्ने छ । यसका लागि करिव ५ करोड खर्च हुने अनुमान छ ।

सोलार प्लाण्ट महंगो हुने भएकोले सवै स्थानमा एकै पटक राख्न नसकिने उनले बताए । त्यस्तै यसलाई घामलाग्ने स्थान खोज्नु पर्ने तथा व्याट्रि सुरक्षित राख्नुपर्ने भएकोले सवै व्यवस्था मिलाउन समय लाग्ने भएको हो । अन्य स्थानमा पनि सोलार जडान गर्ने योजना रहेको उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL