Logo

मन्त्रिपरिषद बैठकद्वारा लगानी बोर्डको सीईओमा सुशील भट्ट नियुक्त

मन्त्रिपरिषद बैठकद्वारा लगानी बोर्डको सीईओमा सुशील भट्ट नियुक्त



काठमाडौं । लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशिल भट्ट नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई बोर्डको सीईओमा नियुक्त गरेको हो । योजना आयोगका सदस्य उनलाई मन्त्रिपरिषद बैठकले सीईओमा नियुक्त गरेको हो ।

laxmi

बोर्डको सीईओका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा बनेको समितिले मन्त्रिपरिषदमा डा. सरोज कोइराला, रामकृष्ण खतिवडा र सुशील भट्टलाई शिफारिश गरेको थियो ।

अर्थमन्त्री खतिवडाको समितिले गरेको शिफारिशका आधारमा मन्त्रिपरिषदले भट्टलाई बोर्डको सीईओ बनाएको हो । भट्टले इन्जिनियरिङ, व्यवस्थापन तथा योजनाको क्षेत्रमा शिक्षा तथा अनुभव बटुलेका छन्। उनीसँग बैंकिङ क्षेत्रको अनुभवदेखि योजना आयोगको पनि अनुभव छ। लगानी बोर्डको सीईओ नियुक्तिको प्रस्ताव अघिल्लो मन्त्रिपरिषद् बैठकमा गरिए पनि निर्णय हुन सकेको थिएन।


प्रतिक्रिया दिनुहोस्
MBL