Logo

छुट तथा पुनजाँचमा परेका लाभग्राहीले चैत मसान्तसम्ममा पहिलो किस्ता लिनु पर्ने, २०७७ मंसिर मसान्तसम्ममा सबै किस्ता

छुट तथा पुनजाँचमा परेका लाभग्राहीले चैत मसान्तसम्ममा पहिलो किस्ता लिनु पर्ने, २०७७ मंसिर मसान्तसम्ममा सबै किस्ता



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७६ मंसिर पछि कायम भएका जोखिम तथा भूमिहिन लाभग्राहीहरुलाई यही चैत मसान्त सम्म अनुदान सम्झौता गरि पहिलो किस्ता लिन आग्रह गरेको छ ।

laxmi

प्राधिकरणले छुट तथा पुनजाँच सर्वेक्षण २०७५/७६ बाट लाभग्राही कायम भएकाहरु, प्राधिकरणबाट २०७६ मंसिर पछि कायम भएका जोखिम तथा भूमिहिन लाभग्राहीहरुलाई यही चैत मसान्त सम्म अनुदान सम्झौता गरि पहिलो किस्ता लिन आग्रह गरेको हो । २०७२ बैशाखमा गएको विनासकारी भुकम्पबाट क्षती भएको लाभग्राहीको कुल सर्वे संख्या १० लाख ३६ हजार ५ सय ६८ रहेको थियो । जस मध्ये ८ लाख २७ हजार ८ सय ५७ लाभग्राही सुचीमा परेका थिए ।

प्राधिकरणले पछिल्लो लाभग्राहीहरुलाई यही चैत मसान्तसम्ममा अनुदान सम्झौता गरि पहिलो किस्ता लिनु पर्ने छ । तर सोका लागि भने सम्बन्धित स्थानीय तहको सिफारिसमा पुनर्निर्माण जिल्ला सहजीकरण समितिको निर्णयअनुसार चैत मसान्त भित्रमा अनुदान सम्झौता गरि लिईसक्नु पर्ने प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै २०७६ माघ मसान्त भन्दा पहिलो किस्ता लिएका सम्पूर्ण पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले २०७७ असार मसान्तसम्ममा दोस्रो किस्ता लिनु पर्ने छ । साथै पुनर्निर्माणको तेस्रो किस्ता भने २०७७ मंसिर मसान्तसम्ममा लिईसक्न सबै लाभग्राहीहरुलाई प्राधिकरणले आग्रह गरेको छ । हालसम्ममा अनुदान सम्झौता भएको लाभग्राही संख्या ७ लाख ८० हजार ५ सय १ रहेको छ भने पहिलो किस्ता लिएका लाभग्राहीको संख्या ७ लाख ७५ हजार ३ सय ९९ रहेको छ । त्यस्तै दोश्रो किस्ता लिनेको संख्या ६ लाख ३९ हजार ५ सय ३४ रहेको छ भने तेस्रो किस्ता लिनेको संख्या ५ लाख ४७ हजार ६ सय ३२ रहेको छ ।

प्राधिकरणका अनुसार हाल सम्म ४ लाख ९३ हजार ३ सय ७५ लाभग्राहीको नीजि आवास पुनर्निर्माण सम्पन्न भएको छ भने ८१ हजार ८ सय ६० जना लाभग्रहीले पुनर्निर्माण सम्पन्नको प्रमाणपत्र समेत लिईसका छन ।

नारायणहिटी संग्रहालयको गुरुयोजना बनाइने

नारायणहिटी दरबार संग्रहालय, केशर महल र गणतन्त्र स्मारक समेटेर गुरुयोजना तयार गरिने भएको छ । मंगलबार गणतन्त्र स्मारकमा भएको उच्चस्तरीय छलफलमा गुरुयोजना निर्माणलाई अघि बढाउने सहमति भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहितको सहभागितामा उक्त क्षेत्रको हालको अवस्था र गुरुयोजनाको आवश्यकताबारे छलफल गरेको हो । उक्त गुरुयोजना प्राधिकरणको नेतृत्वमा बनाउन लागेको हो ।

छलफलअघि, उनीहरुले नारायणहिटी संग्रहालय परिसर र गणतन्त्र स्मारक क्षेत्रको अवलोकन भ्रमण समेत गरेका थिए । छलफलमा प्राधिकरणका सचिव शिवहरि शर्मा, पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव सुरेश आचार्य, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालको समेत सहभागिता रहेको थियो ।

हाल केशर महलको प्रवलीकरण भइरहेको छ । त्यसैगरी नारायणहिटी संग्रहालयभित्रका भूकम्पबाट क्षतिग्रस्त केही संरचनाको समेत पुनर्निर्माण भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL