Logo

चरिकोट–खाडीचौर सडक निर्माणमा ठेकेदारको ढिलाई, नागरिक खबरदारी अभियानद्धारा थप आन्दोलनको घोषणा

चरिकोट–खाडीचौर सडक निर्माणमा ठेकेदारको ढिलाई, नागरिक खबरदारी अभियानद्धारा थप आन्दोलनको घोषणा



काठमाडौं । लामो समय वितिसक्दा समेत चरिकोट खाडीचौर सडक स्तरोन्नती नभए पछि दोलखाका नागरिक खबरदारी अभियानले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । अभियानले विगतमा समेत पटक पटक आन्दोलन गरे पनि निर्माण ब्यवसायीको लावरवाहीका कारण ढिलासुस्ती भएको भन्दै थप आन्दोलनको घोणणा गरेको हो ।

laxmi

लामोसाँघु जिरी सडक खण्डको खाडीचौर चरिकोट सडक स्तरोन्नतीलाई तिब्रता दिन नागरिक खबरदारी अभियानको आयोजनामा बिभिन्न संघसंस्था, नागरिक समाज तथा तिनका प्रतिनिधि सहितको छलफलले बिभिन्न चरणको आन्दोलनको घोषणा गरेको हो ।

अभियानले दबाद मुलक आन्दोलनको घोषणा गरेको संयोजक चिरन्जिबी मास्केले जानकारी दिएका छन । उनका अनुसार यही फागुन ११ गते आयोजनाको कार्यालय सिन्धुपाल्चोक स्थित डाँडापाखरमा तालाबन्दी गर्ने, १२ गते सडक बिभागका गाडीहरु १ घण्टा बन्द गर्ने कार्यक्रम रहेको छ ।

त्यसतै फागुन १४ गते सरकारी गाडी १ घण्टा बन्द गर्ने कार्यक्रम रहेको छ भने १६ गते २ घण्टा सरकारी गाडी आवतजावत बन्द गर्ने र १८ गते नेपाल निर्माण ब्यवसायी महासंघमा डेलिगेशनमा जाने भएको छ ।

सिन्धुपाल्चोकको खाडीचौरबाट दोलखाको जिरीसम्म ११० किलोमिटर लामोसाँघु जिरी सडकको चौडा बढाउने गरि २०१५ को जुन ३ मा ठेक्का सम्झौता भएको थियो । उक्त सडकको स्तरोन्नती अक्टोबर २०१५ देखि सुरु गरि २०१७ को अक्टोबरसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको थियो । तर हाल सम्म पनि काम सम्पन्न नहुँदा यात्रुहरुले दैनिक सास्ती भोग्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL