Logo

७० प्रतिशत भूकम्पपीडितलाई तेस्रो किस्ता, ६२ प्रतिशत पीडितका् आफ्नै घर

७० प्रतिशत भूकम्पपीडितलाई तेस्रो किस्ता, ६२ प्रतिशत पीडितका् आफ्नै घर



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ७० प्रतिशत भूकम्पपीडितलाई तेस्रो किस्ता वितरण गरेको बताएका छन । उनका अनुसार ६२ प्रतिशत भूकम्पपीडित नयाँ निजी आवासमा बसोबास गर्न थालेका छन् ।

त्यसतै उनले उनले सरकारी अनुदान बुझेर पनि घर पुनर्निर्माण हुन नसकेको परिवारको खोजी हुने बताएका छन । कुन घर किन बनेन भन्ने बारे प्राधिकरणले सबै तथ्याङ्क व्यवस्थित गर्न थालेको समेत उनले जानकारी दिएका छन । नेपाल पत्रकार महासंघ पाल्पा शाखाद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ५२ प्रतिशत भूकम्पपीडितलाई दोस्रो किस्ता रकम भुक्तानी भइसकेको बताएका हुन ।

उनले भूकम्पबाट क्षति भएका स्वास्थ्य चौकी, विद्यालय तथा ऐतिहासिक सम्पदाहरुको काम तीव्ररुपमा भइरहेको समेत जानकारी दिएका छन । । नेपालमा छोटो समयमा पनि प्राधिकरणको प्रगति राम्रो रहेको ज्ञवालीको भनाइ छ । पाल्पामा भूकम्पबाट क्षति भएका ११४ विद्यालयका ३४८ कोठा निर्माण गर्ने कार्य भइरहेको छ ।

प्राधिकरणका प्राविधिक भूकम्पपीडितका घरमा पुग्नुभन्दा अघि निर्माण भएका संरचनालाई प्राधिकरणले एकमुष्ट तेस्रो किस्तासम्मको रकम भुक्तानी गर्दै आएको छ । प्राधिकरणले भूकम्पपीडितलाई वित्तीय र प्राविधिक सहयोग मात्र प्रदान गर्दै आईरहेको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL