Logo

बाढीले बगाएको जयनगर–जनकपुर रेलमार्गको मर्मतकार्य सम्पन्न, कहिले आउँला संचालनमा ?

बाढीले बगाएको जयनगर–जनकपुर रेलमार्गको मर्मतकार्य सम्पन्न, कहिले आउँला संचालनमा ?



काठमाडौं । गत असारमा आएको बाढी पहिरोले बगाएको जयनगर–जनकपुर रेलमार्गको मर्मतकार्य सम्पन्न भएको छ । रेल विभागले यही कार्तिक १९ गतेदेखि मर्मतकार्य सुरु गरेको उक्त रेलमार्गको सबै काम सम्पन्न भएको जनकपुरबाट बिभागका इन्जिनियर बिनोद ओझाले जानकारी दिएका छन ।

laxmi

डेढ महिना भित्र मर्मत सम्पन्न गर्ने लक्ष सहित काम गरेको विभागले ७० मिटर रेल्वे ट्रयाक करिब साढे ३ महिनामा सम्पन्न गरेको छ । गत असारमा आएको बाढीले उक्त रेलमार्गको जनकनन्दनी गाउँपालिकाको खजुरी स्टेशन नजिकै ईनरुवामा करिब ७० मिटर रेल्वे ट्रयाक बाढीले बगाएको थियो ।

विभागका महानिर्देशक बलराम मिश्रले भने उक्त रेलमार्गमा रेल संचालन गर्न अझै केही समय लाग्ने बताएका छन । यस अघि १० दिन भित्र रेल आईपुग्ने भनेर अनावश्यक हल्ला फिजाईएको भन्दै उनले नेपालमा रेल आउन अझै २ महिना लाग्ने बताएका हुन ।

नेपाल–भारत जीटुजी सम्झौतामा निर्माण भएको रेलका लागि नेपाल सरकारले गत मे १०, २०१९ मा कोनकानसँग रेल निर्माणको सम्झौता गरेको थियो । कुल ८४ करोड ६५ लाखमा दुईवटा डेमो (डिजेल इलेक्ट्रिक युनिट) रेल निर्माण गर्ने गरी सम्झौता भएको थियो । भारतीय कम्पनी कोकान रेलवेज कर्पोरेसन लिमिटेडमा निर्माण भईरहेको नेपाली रेलको रंगरोगनको कार्य भने सम्पन्न भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL