Logo

मेट्रो रेलको डीपीआरको लागि बिभाग र चिनियाँ कम्पनीबीच सम्झौता, एक बर्ष भित्रै प्रतिवेदन आउने

मेट्रो रेलको डीपीआरको लागि बिभाग र चिनियाँ कम्पनीबीच सम्झौता, एक बर्ष भित्रै प्रतिवेदन आउने



काठमाडौं । प्रस्तावित मेट्रो रेल निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण हुने भएको छ ।

laxmi

रेल बिभाग र चाइना रेलवे सियुआन सीइएमएटी कन्सल्ट्याण्टबीच डीपीआर निर्माणको लागि सम्झौता भएको बिभागले जानकरी दिएको छ । बिभागका अनुसार एक बर्ष भित्रै डीपीआर निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झोता भएको हो । सम्झौता अनुसार उक्त कम्पनीले महाराजगंजदेखि सातदोबाटो खण्डको मात्रै डीपीआर तयार गर्न लागेको बिभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन ।

करिब १२ किलोमिटरको यो खण्डको सम्भाव्यता अध्ययन (फिजिविलिटी) रिपोर्ट तयार भइसकेको छ । सातदोबाटोदेखि रत्नपार्क हुँदै मेट्रो रेल नारायणगोपालचोक सम्म पुग्ने छ । बिभागका अनुसार पूर्वसम्भाव्यता अध्ययनअनुसार निर्माणमा करिब १५ करोड रुपैयाँ लागत आउने अनुमान रहेको छ ।

महराजगंज बुढानिलकण्ठ र सातदाबाटो खोकनाको भने फिजिविलिटी गर्नै बाँकी रहेको छ । बीचको दुई खण्डको भने फिजिविलिटीका लागि परामर्शदाता कम्पनी छनोटको प्रक्रिया सुरू गर्न लागिएको विभागले जानकारी दिएको छ । खोकनाबाट सातदोबाटो, रत्नपार्क, महाराजगंज हुँदै बुढानिलकण्ठ पुग्ने मेट्रो रेल करिब २२ किमि दुरीको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL