Logo

काठमाडौंमा ३ सय विद्युतीय बस भित्र्याउन एक हप्ताभित्रै टेण्डर आह्वान गरिदैं

काठमाडौंमा ३ सय विद्युतीय बस भित्र्याउन एक हप्ताभित्रै टेण्डर आह्वान गरिदैं



काठमाडौं । सरकारले काठमाडौंमा ३ सय ओटा बिद्युतीय बस सञ्चालनका लागि एक हप्ता भित्रै टेण्डर आह्वान गर्ने भएको छ  । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्कीका अनुसार हाल विद्युतीय बस खरीदका लागि सबै प्रक्रिया लगभग सकिएको र एक हप्ता भित्र टेण्डर आह्वान गरिने छ ।

सरकारले चालू आवभित्रै ३ सय ओटा विद्युतीय बस सञ्चलन गर्ने घोषणा गर्दै गत बर्षको पुसमा नै ३ सय बिद्युतीय बस खरिद गर्न मन्त्रिपरिषदबाटै निर्णय गरेको थियो । तर, निर्णय गरेको एक बर्षसम्म पनि खरीद प्रक्रिया अघि बढन सकेको थिएन । बस खरिदको लागि सरकारले साझा यातायातलाई जिम्मेवारी दिइएको छ भने ३ सय ओटा बस खरिदका लागि आवश्यक ३ अर्ब रुपैयाँ बजेटसमेत निकासा साउनमै गरिसकेको छ ।                      

साझाले गत साउनमा नै बोलकबोलमार्फत उक्त बस खरिद गर्ने बताएको थियो । तर हालसम्म पनि बोलकबोल हुन सकेको थिएन ।  यस विषयमा सचिव कार्कीले साझालाई बिजुली बस खरिदका लागि ‘स्पेसिफिकेसन’ समेत तोकिएको बताए । त्यसैको आधारमा रहेर साझाले बस खरिद गर्ने छ । तर अहिले अरु प्रक्रियामा रहेकाले केही ढिलाई भएको उनले बताए ।

 सचिव कार्कीले विद्युतीय बस खरिदका लागि प्रक्रियामा गईसकेको बताए । तर, सरकारले अहिलेसम्म के–कसरी ती बसहरुलाई नेपाल भित्र्याउने भन्ने कुनै टुङ्गो लगाउन सकेको छैन । बजेट निकासा भए पनि सरकार–सरकारमार्फत जानेकी कसरी जाने भन्ने बिषयमा अहिलेसम्म कुनै टुङ्गो लाग्न नसकेको सचिव कार्कीले जानकारी दिएका छन् ।

काठमाडौंलाई प्रदूषणरहित उपत्यका बनाउन विद्युतीय बस सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको छ ।  साझा यातायात सञ्चालन गर्दै आएको साझा यातायात सहकारीका संस्थाका अनुसार बस खरिदको लागि प्रदेश ३ सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड र ललितपुर महानगरपालिकाले २ करोड रुपैयाँ प्रदान गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL