Logo

दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणघाट मुग्लिन सडक आजबाट खुला

दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणघाट मुग्लिन सडक आजबाट खुला



काठमाडौं । नारायणघाट मुग्लिन सडकको पहिरो रोकथामको निर्माण कार्य सम्पन्न भएको छ । उक्त मर्मतकार्य सम्पन्न भएसँगै दैनिक ४ घण्टा बन्द हुँदै आएको उक्त सडक आजबाट खुलेको हो । गत मंसिर २७ गते देखि सो सडकको बिभिन्न स्थानमा पहिरो रोकथामको लागि दैनिक ४ घण्टा सडक बन्द गरी काम गरेको थियो ।

laxmi

हाल केही छिटफुटकाम बाहेक अन्य सबै काम सकिएकाले आजै देखि सवारी आगमन खुला गरेको नारायणघाट मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । आयोजनाका अनुसार आजको मौसम अनुकुल नभएकोले बाँकी काम नभएको र केही सामन्य कार्यहरु आगामी दिनमा सवारी साधनलाई रोक्दै ट्राफिक ब्यवस्थापन मिलाएर गर्ने भएको छ ।

सोही अवसरमा आयोजनाले उक्त मर्मतकार्यमा सहयोह पुर्याउनु भएका सवारी साधन दिनभरिको जाम सहिदिने यात्रुहरु, सर्वसाधारण, स्थानीय प्रशासन, स्थानीय प्रहरी र ट्राफिक प्रहरी, सडक बिभाग, निर्माण व्यवसायी, परामर्शदातालगायतलाई धन्नेबाद समेत ज्ञापन गरेका छन ।

साथै आगामी वर्षदेखि मुग्लिन नारायणघाट सडकमा बर्षातको समयमा पनि पहिरोको प्रभावले सवारी यातायातमा अति न्यून मात्र प्रभाव पर्ने आयोजनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL