Logo

राष्ट्रिय भवन संहिता परिमार्जन पारित, परिमार्जित सहिंताअनुसार घर निर्माण

राष्ट्रिय भवन संहिता परिमार्जन पारित, परिमार्जित सहिंताअनुसार घर निर्माण



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सक्रियतामा राष्ट्रिय भवन संहिता ( १०५ परिमार्जन भएको छ । प्राधिकरणले पारित गरेको उक्त संहितासँगै अब भारतलगायतका देशको संहितामा अधारित हुनु नपर्ने प्राधिकरणले जानकारी दिउको छ ।

laxmi

सहरी विकास मन्त्रालयका सचिव नेतृत्वको भवन निर्माण व्यवस्था सुदृढीकरण समितिको बुधबार बसेको बैठकले परिमार्जित संहिता पारित गरेको प्राधिकरणले जानकारी दिएको छ । सरकारले २०७२ बैशाखमा गएका भूकम्प र परकम्पहरुका कारण निजी तथा सार्वजनिक भवनहरुमा ठूलो क्षति पुगेपछि भूकम्पीय जोखिमको विश्लेषण गरी राष्ट्रिय भवन संहिता १०५ परिमार्जन गर्न प्राधिकरणलाई जिम्मेवारी दिइएको थियो ।

संहिता परिमार्जन भएसँगै अब नेपालको आफ्नै मौलक भवन संहिता निर्माण भएको छ । परिमार्जित सहिंताअनुसार डिजाइन निर्देशिकाहरु बन्नेछन् जसमा आधारित भएर मात्र भवनका डिजाइन तथा निर्माण गर्नुपर्ने प्राधिकरणले जानकारी दिएको छ ।

केन्द्रीय आयोजना कार्यान्व्यन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलले नेपालको भूकम्पीय जोखिम, यहाँको भौगालिक तथा माटोको अवस्था आदिलाई पर्याप्त ध्यान दिएर संहिता परिमार्जन गरिएको बताए । उनले भने, ‘यो पूर्णतः नेपालमा रहेको भूकम्पीय जोखिमको विश्लेषण गरेर तयार गरिएको भवन सहिंता हो । हामीले भूकम्पपछिको पुनर्निर्माणका क्रममा बलियो संरचना पुनर्निर्माण मात्र गरेका छैनौं, त्यसको संहिता पनि परिमार्जन गरेका छौं ।’

केन्द्रीय आयोजना कार्यान्व्यन इकाई (भवन) ले २०७४ मंसिरबाट परिमार्जन कार्य सुरु गरेको हो । त्यसक्रममा भवन निर्माणसम्बन्धी सबै सरोकारवाला संघसंस्था एवं निकाय, विश्वविद्यालय तथा कलेजहरु, खानी तथा भूगर्भ विभागलगायतसँग बृहत अन्तरक्रियालगायतका कार्यक्र गरिएको आयोजना निर्देशक प्याकुरेलले जानकारी दिएका छन ।

संहिता परिमार्जनका क्रममा ‘भूकम्पीय जोखिम नक्सा पनि निर्माण गरिएको छ । संहिताले साना भवनदेखि ठूलासम्म र सार्वजनिकदेखि निजी भवनसम्मलाई समेट्नेछ । संहिता परिमार्जनका लागि सहरी विकास मन्त्रालयको भवन आवास महाशाखा प्रमुखको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति गठन भएको थियो । त्यसैगरी, सहरी विकास तथा भवन निर्माण विभागका उपनिर्देशकको नेतृत्वमा ७ सदस्यीय कार्यकारिणी समिति गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL