Logo

पुर्ननिर्माणमा गौरा कन्स्ट्रक्सनको छलाङ, समय अगावै निर्माण सम्पन्न गरी हस्तान्तरण

पुर्ननिर्माणमा गौरा कन्स्ट्रक्सनको छलाङ, समय अगावै निर्माण सम्पन्न गरी हस्तान्तरण



काठमाडौं । गौरा कन्स्ट्रक्सनले समयअगावै २ ओटा विद्यालयको पुनर्निर्माण सम्पन्न गरेको छ । २०७२ को भुकम्प गएपछि भत्किएकामध्ये विभिन्न १९ ओटा विद्यालय पुनर्निर्माण गर्ने जिम्मा पाएको कम्पनीले नुवाकोटको ककनीस्थित २ ओटा विद्यालयको तोकिएको समयअघि नै निर्माण सम्पन्न गरेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कम्पनीलाई गत बर्ष भदौ १० गते र १५ गते उक्त सम्झौता गरेको थियो । सोही अनुसार २ करोड र ५ करोड लागत भएका नवदुर्गा भवानी निम्न माध्यामिक विद्यालय र नवजिवन माध्यामिक विद्यालयको समयअगावै पुनर्निर्माण सम्पन्न गरेको हो । कम्पनीले आजैमात्रै उक्त विद्यालय पुनर्निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ ।

२०३३ सालमा स्थापना भएको गौरा कन्स्ट्रक्सनले पुल, भवन, बाटो लगायका आयोजनाहरु अगाडी बढाएको छ । विभिन्न १९ ओटा विद्यालय पुनर्निर्माणको सम्झौता गरेको कम्पनीले ८ ओटा विद्यालयको समयअगाबै पुनर्निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL