Logo

सडक मर्मतका लागि छुट्याइएको रकम खर्च हुन सकेन, टालटुले कामभन्दा नयाँ निर्माणमा लाग्न निर्देशन

सडक मर्मतका लागि छुट्याइएको रकम खर्च हुन सकेन, टालटुले कामभन्दा नयाँ निर्माणमा लाग्न निर्देशन



काठमाडौं । सडक बोर्ड नेपालले काठमाडौं उपत्यका लगायत देशभरका विभिन्न सडकका खाल्डाखुल्डी मर्मतका लागि छुट्याएको रकम खर्च हुन सकेको छैन ।

पछिल्लो समय बिभिन्न जिल्लामा रहका डिभिजन सडक कार्यालय सडक मर्मतमा भन्दा नयाँ निर्माणमा लाग्दा मर्मतको काम योजनाभन्दा कम सम्पन्न भएको छ । केही वर्षदेखि बर्षेनी ८० देखि ८५ प्रतिशतसम्म मात्रै खर्च भइरहेको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले बताए ।

उनका अनुसार एकातिर सडक बोर्डले अझै पनि नेपाल सरकारबाट पाउनुपर्ने जति रकम पाइरहेको छैन भने अर्कातिर भएको बजेट पनि खर्च हुन सकिरहेको छैन ।

हाल सडक विभागले सडक डिभिजनलाई नयाँ निर्माणमा लगाइरहेको छ । उनले भने, ‘नयाँ निर्माणको काम परियोजनामार्फत गरेर पनि डिभिजन कार्यालयलाई मर्मतको काममा लगाउनुपर्छ ।’ सडक बोर्डले सडक उपभोग दस्तुर पेट्रोलियम पदार्थबाट सडक मर्मतका लागि बजेट व्यवस्थापन गर्दै आएको छ ।

संकलन भएको बजेट देशभरका डिभिजन सडक कार्यालयबाट खर्च भइरहेको उनले बताए । गत आवमा २५ अर्ब रुपैयाँ रकम संकलन भएकामा सडक मर्मत, सुधारका लागि ८ करोड रुपैयाँ छुट्याइएको छ । बोर्डले अहिलेसम्म ७ स्थानमा सडक दस्तुर संकलन गर्दै आएकामा छिट्टै थप ७ स्थानमा दस्तुर संकलनको योजना बनाएको छ.रासस

प्रतिक्रिया दिनुहोस्
MBL