Logo

नारायणघाट मुग्लिन सडक खण्ड शुक्रबारदेखि दैनिक ४ घण्टा बन्द, यस्तो छ कारण

नारायणघाट मुग्लिन सडक खण्ड शुक्रबारदेखि दैनिक ४ घण्टा बन्द, यस्तो छ कारण



काठमाडौं । नारायणघाट मुग्लिन सडक खण्ड शुक्रबारदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । नारायणघाट मुग्लिन सडक आयोजनाका अनुसार उक्त सडक खण्डको ८ स्थानहरुमा पहिरो रोकथामको बाँकी कामका लागि सवारी आगमन रोकिने भएको हो ।

आयोजनाले यही मंसिर २७ गतेदेखि २ हप्ताको लागि प्रत्येक दिन बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म दैनिक ४ घण्टा सवारी आगमनलाई रोकेर पहिरोरोकथामको काम गर्ने भएको छ । साथै उक्त समयमा नारायणघाटबाट आउने यात्रुवाहक सवारीहरुलाई १५ किलो बजार र मालबाहक सवारीहरुलाई दासढुङ्गामा रोकेर सहयोग गर्न समेत आयोजनाले आग्रह गरेको छ ।

त्यस्तै मुग्लिनतर्फ जाने यात्रुबाहक सवारी काठमाडौंतर्फ आउनेको हकमा मुग्लिन बजार र पोखरातर्फ जाने सवारीलाई बेनीटारमा रोकिने ब्यवस्था गरेको छ । साथै काठमाडौं आउने मालबाहक सवारीहरुका लागि लेवाटारमा र पोखराबाट आउने सवारीलाई आँबुखैरेनीमा रोकिने बिन्दु बनाएको आयोजनाले सूचनामार्फत जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्
MBL