Logo

मेलम्ची खानेपानी आयोजनाको काम ९५ प्रतिशत सम्पन्न, निर्धारित समय भन्दा अगाडीनै काठमाडौंमा पानी

मेलम्ची खानेपानी आयोजनाको काम ९५ प्रतिशत सम्पन्न, निर्धारित समय भन्दा अगाडीनै काठमाडौंमा पानी



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम ९५ प्रतिशत सम्पन्न भएको छ । ईटालियन कम्पनी सिएमसीले छोडेर गए पछि चिनियाँ कम्पनी सिनो हाइड्रोसँग बाँकी काम सम्पन्न गर्न आयोजनाले यही कात्तिकमा सम्झौता गरेको थियो ।

laxmi

हाल बाँकी रहेका कामहरु मध्ये सिनोले सुरुङमार्गतर्फ सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायतका काम गर्नुपर्ने छ ।

आयोजनाले १५ महिना भित्र हेडबक्स र १२ महिना भित्र सुरुङमार्गको काम सम्पन्न गर्ने गरी चिनियाँ कम्पनीलाई जिम्मा दिए पछि अहिले बाँकी काम तिब्र रुपमा भईरहेको आयोजनाका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले जानकारी दिएका छन ।

उनका अनुसार हाल आयोजना स्थलमा चिनियाँहरुनै काम गरिरहेकाले पनि निर्धारित समय भन्दा अगाडीनै काम सम्पन्न हुनेमा आयोजना विस्वस्त रहेको बताए । सिनो हाइड्रोले काम सुरु गरेसँगै खानेपानी मन्त्री बिना मगर आयोजनास्थलमा निरिक्षणका लागि पुगेका थिए । उनले अनुगमनका क्रममा निर्माण ब्यवसायी उत्साही भएको र समयमै काम सम्पन्न गर्नेमा आफुहरु विश्वस्त रहेको बताएका थिए ।

त्यस्तै प्रवक्ता पन्तले सिएमसीले दिन बाँकी रहेको श्रमिकहरुको ज्याला भने सरकारले दिईसकेको जानकारी दिएका छन । बाँकी ठेकेदारहरुको भने समितिले सरकारलाई प्रतिवेदन बुझाए पछि मात्रै रकम दिने तयारीमा रहेको पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL