Logo

कलंकी–गोपिकृष्ण सडक विस्तारको काम बैशाख देखि, डिजाईन नआउँदा रोकियो घर भत्काउने काम

कलंकी–गोपिकृष्ण सडक विस्तारको काम बैशाख देखि, डिजाईन नआउँदा रोकियो घर भत्काउने काम



काठमाडौं । चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तरगतको कलंकी–गोपिकृष्ण सडक विस्तारको काम बैशाख देखि सुरु हुने भएको छ । उक्त क्षेत्रमा हाल साईट क्लियरको काम तीब्र रुपमा भईरहेकाले सडक विस्तारको काम बैशाख देखि मात्रै सुरु गरिने आयोजनाले जानकारी दिएको छ ।

एक बर्ष अघिनै सुरु हुने भनिएको उक्त सडकखण्डको काम चिनियाँ ठेकेदार कम्पनीले डिजनाईनलगायतका काम समयमै नगरेकाले ढिला भएको आयोजनाको भनाई छ । चिनियाँ कम्पनीले पहिलो खण्ड अन्तरगतको कोटेश्वर कलंकी सडक निर्माण सम्पन्न हुनासाथ दोस्रो खण्डकको काम सुरु गर्ने बताएको थियो ।

हाल सो क्षेत्रमा विजुलीका पोल, खानेपानी र ढलका पाईप सार्ने, रुख काट्नेलगायतका कामहरु तीब्र गतिमा भई रहेको आयोजना प्रमुख अमृतमणी रिमालले जानकारी दिएका छन । उनका अनुसार हाल ८ सय ओटा रुख कटान भईसकेको छ भने ४ सय ओटा बिजुलीको पोल स्थान्नतरण गरिसकिएको छ ।

कुल १४ दशमलव ६ किलोमिटरको उक्त सडक खण्डको डिजाईन आईसके पछि मात्रै ६२ मिटर भित्र परेको घर हटाउन सकिने आयोजना प्रमुख रिमालले बताए । उनले भने, ‘जब सम्म डिजनाईन आईपुग्दैन तब सम्म ती घरहरु हटाउन सकिँदैन ।’

अबको करिब २ महिना भित्रै डिजाईन आउन सक्ने भएकाले ५ महिना भित्रमा साईट क्लियरको काम सम्पन्न गरेर सडक निर्माणमा लाग्ने आयोजनाले जानकारी दिएको छ । आयोजनाका अनुसार उक्त सडक खण्डको निर्माण भने चाईनाको सांघाई कन्सट्रक्सन ग्रुपले गर्ने छ ।

उक्त १४ दशमलब ६ किलोमिटर दुरीको सडक निर्माणका लागि के कति रकम लाग्ने हो भन्ने अहिलेसम्म कुनै बजेट भने विनियोजन नगरेको आयोजनाका इन्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL