Logo

आन्दोलनरत ठेकेदारसँग आक्रोसित बन्दै प्रधानमन्त्री, समयमै काम नगर्नेको ठेक्का रद्द गर्न निर्देशन

आन्दोलनरत ठेकेदारसँग आक्रोसित बन्दै प्रधानमन्त्री, समयमै काम नगर्नेको ठेक्का रद्द गर्न निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै काम सम्पन्न नगर्ने ठेकेदारहरुको ठेक्का रद्द गर्न निर्देशन दिएका छन् । निर्माण व्यवसायीहरु विभिन्न माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएका वेला प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।

निर्माण व्यवसायीहरु सार्वजनिक खरिद ऐन संसोधनको विरोधमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दैै सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना कार्यक्रम गरेका थिए । तर सोही दिन प्रधानमन्त्री ओलीले चालु आर्थिकमा पूँजीगत खर्च सन्तोषजन नभएको भन्दै समयमै काम नगर्ने ठकेदारहरुको वर्षको दोश्रो चौमासिकमा पुँजीगत खर्च सन्तोषजनक नभएको बताएका छन् । साथै सबै मन्त्रालयलाई ठेक्काको विस्तृत विवरण तयार पार्न र काम गर्न नसक्ने ठेकदारहरुको ठेक्का खोस्न निर्देशन दिएका छन् ।

सोमबार समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले चालू आबको पहिलो ४ महिनामा समग्र पूँजीगत खर्च १४ प्रतिशत मात्र भएको भन्दै युद्धस्तरमा काममा लाग्न निर्देशन दिएका थिए ।

साथै आगामी दिनमा कुन कुन ठेकेदालाई कुन कुन कार्यालयले ठेक्का दिएको हो सोको प्रगती विवरण १५/१५ दिनमा विस्तृत रुपमा तयार पारेर पेश गर्न समेत दिर्नेशन दिएका छन् ।
निर्माण व्यवसायीहरु विकास निर्माणका काम नै ठप्प बनाएर आन्दोलनमा उत्रिरहेका समयमा प्रधानमन्त्रीको उक्त निर्देशनले आन्दोलनरत व्यवसायीहरु समस्यामा पर्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रधानमन्त्री ओलीले अबका दिनमा समग्रतामा कति प्रतिशत काम भयो भन्दा पनि कुन आयोजनाको काम कति भएको छ कुन अवस्थामा पुगेको छ सोको वारेमा विस्तृतमा रिपोर्ट बुझाउन समेत सम्बद्ध कार्यालयलहरुलाई निर्देशन दिएका छन् । साथै त्यसरी अघि बढाइएका कामहरु सार्वजनिक खरिद ऐन अनुरुप छन कि छैन नभएमा के कारणले नभएको हो सो विषयमा समेत प्रतिवेदन पेश गर्न दिर्नेशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL