Logo

चक्रपथ विस्तारको दोस्रो खण्ड कलंकी देखि गोपीकृष्णसम्म, महाराजगंजमा देखियो समस्या

चक्रपथ विस्तारको दोस्रो खण्ड कलंकी देखि गोपीकृष्णसम्म, महाराजगंजमा देखियो समस्या



काठमाडौं । चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गतको कलंकी-गोपिकृष्ण सडक विस्तार तीव्र रुपमा सुरु भएको छ । कलंकीदेखि महाराजगंजसम्म मात्रै गर्ने भनिएको उक्त खण्ड विस्तार हुँदै गोपीकृष्णसम्म पुर्याइएको हो ।

कुल ११ दशमलव ६ किलोमिटरको उक्त खण्डको विभिन्न स्थानका रुखहरु काट्ने काम धमाधम भईरहेको आयोजना प्रमुख अमृतमणी रिमालले जानकारी दिए ।

उनका अनुसार केही किलोमिटर थपिएको उक्त खण्डको साईट क्लियर गर्ने कार्य भने धमाधम सुरु गरिएको हो । उक्त खण्डको अप्ठ्यारो स्थान मानिएको महाराजगंज क्षेत्रमा भने आयोजनालाई झमेला हुने भएको छ ।

विभिन्न स्थानमा विजुलीका पोल, खानेपानी र ढलका पाईप सार्ने, रुख काट्ने लगायतका कामहरु गरिएपनि महाराजगंजमा भएका घरहरुका कारण झमेला हुने आयोजनाले जानकारी दिएको छ ।

आयोजना प्रमुख रिमालका अनुसार महाराजगंज क्षेत्रमा घरहरु नै भत्काउनुपर्नै अवस्था आएकाले घर भत्काउने या अन्य तरिका अपनाउने भन्ने बारे अध्ययन भईरहेको छ । यस्तै उक्त क्षेत्रमा घरहरु नै भत्काएपनि सोही अनुसारको मुआव्जा दिएर मात्रै घरहरु भत्काउने आयोजनाको योजना रहेको उनको भनाई छ ।

चिनियाँ ठेकेदार कम्पनीले बनाउने भनिएको उक्त आयोजना १ बर्षअघि नै निर्माण थाल्ने भनिएपनि कम्पनीले चासो नदेखाउँदा ढिलाई भएको थियो । चिनियाँ कम्पनीले पहिलो खण्ड अन्तर्गतको कोटेश्वर कलंकी सडक निर्माण सम्पन्न हुनासाथ दोस्रो खण्डकको काम सुरु गर्ने बताएको थियो । तर डिजाईन बनाउने भन्दै १ बर्ष ढिलाई गरिदिएपछि साईट क्लियरको काम हालै मात्रै सुरु गरिएको हो ।

चिनियाँ कम्पनीले साईट क्लियरपछि मात्रै डिजाईन बनाएर काम सुरु गर्ने गरी नेपाल सरकारलाई जानकारी दिएको थियो । सोही अनुसार सडक विभागले आयोजनालाई साईट क्लियर गर्न आदेश दिएको थियो ।

साईट क्लियर गर्नै क्रममा उक्त स्थानका विजुलीका पोलहरु, र टहराहरु हटाउन सुरु गरिसकिएको छ । जसमध्ये हालसम्म महाराजगंजसम्मका रुखविरुवाहरु काटिसकिएको रिमालले जानकारी दिए । यस्तै खानेपानी र ढलको काम भने अझै सुरु गरिसकिएको छैन । ढल र खानेपानीको काम सडक विस्तार गर्ने बेलामा नै सार्न सकिने भएकाले पछि नै यसको काम गर्नै आयोजनाको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्
MBL