Logo

केरुङ–काठमाडौं रेलमार्ग डीपीआर निर्माण, रेल विभागलाई नै छैन जानकारी

केरुङ–काठमाडौं रेलमार्ग डीपीआर निर्माण, रेल विभागलाई नै छैन जानकारी



काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न चीनले सहयोग गर्ने भएको छ । चिनियाँ सरकारको करिब डेढ अर्ब रुपैयाँ सहयोगमा उक्त रेलमार्गको डीपीआर निर्माण गर्ने भनिए पनि सो विषयमा रेल विभागलाई भने कुनै जानकारी नभएको बताएको छ ।

laxmi

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवसरमा उक्त रेलमार्ग निर्माणका लागि डीपीआर निर्माण गर्न डेढ अर्ब रुपैयाँको सहयोग गर्ने बताएका छन । चिनफिङको भ्रमणसँगै केरुङ–काठमाडौं रेलमार्गले समेत चर्चा पाएको छ ।

२० बुँदे समझदारी पत्रको सातौं बुँदामा सीमापार रेलमार्गको सम्भाब्यता अध्ययन गर्ने विषय उल्लेख छ । सीले नेपाल भ्रमणमा रहँदा समेत पटक पटक उक्त कुरालाई दोहोर्याउँदै सम्भाव्यता अध्ययन तत्कालै सुरु हुने बताएका थिए ।

उक्त रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन भए पनि सम्भाब्यता अध्ययन बाँकी भएकाले अवको काम कहिले र कसरी सुरु गर्ने भन्ने विषयमा आफुहरुलाई कुनै जानकारी नभएको रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिएका छन । उनले भने, ‘यो विषयमा अर्थ मन्त्रालय वा परराष्ट्रमा बुझनु पर्छ हामीलाई अहिले सम्म कुनै जानकारी आएको छैन ।’

उक्त रेलमार्गको सम्भाव्यता अध्ययनका लागि मात्रै करिब साढे ३ अर्ब लाग्ने अनुमान छ । तर चीन सरकारको डेढ अर्ब रुपैयाँ सहयोग तथा ३० प्रतिशत नेपालको लगानी र २० प्रतिशत सहुलीयत ऋण लिने सहमती भएको छ ।

तर केरुङ–काठमाडौं रेलमार्गको सम्भाब्यता अध्ययन तत्काल सुरु गर्ने हो भने पनि डीपीआर तयार गर्न ३ वर्ष लाग्नेछ । तर डीपीआरपछि मात्रै निर्माणको चरण सुरु हुने भएकाले कसरी जाने भनेर अहिलेनै निर्माणको मोडालिटीमा समझदारी हुन सकेको छैन ।

तर उक्त रेलमार्ग निर्माणको लागि नेपाली पक्षले ८० प्रतिशत अनुदान दिनु पर्ने प्रस्ताब गरे पछि चीन सरकारले ५० प्रतिशत अनुदान, २५ प्रतिशत ‘सहुलियत ऋण’ र बाँकी २५ प्रतिशत नेपालको लगानी हुनुपर्ने प्रस्ताव राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL