Logo

जयनगर–जनकपुर रेलमार्ग : माटोले पुरेरै भए पनि संचालनमा ल्याउने तयारी

जयनगर–जनकपुर रेलमार्ग : माटोले पुरेरै भए पनि संचालनमा ल्याउने तयारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जयनगर–जनकपुर रेलमार्ग बाढीले भत्काए पछि तत्कालका लागि माटोले पुरेर भए पनि रेल संचालन गर्ने भएको छ । यही असार २६ गते देखी परेको अविरल बर्षाका कारण आएको बाढीले उक्त रेलमार्गको केही खण्ड बाढीले बगाए पछि तत्कालका लागि माटोले पुरेर भए पनि संचालन गर्न लागेको हो ।

उक्त रेलमार्गको पुनर्निर्माण गर्न भारतीय पक्ष तयार रहे पनि फेरी बाढी आउने त्रासले गर्दा पुनर्निमार्ण गर्न नसकेको जनकपुरबाट इन्जिनियर विनोध ओझाले जानकारी दिएका छन । उनका अनुसार उक्त रेलमार्ग पुनर्निर्माण गर्न भारतीय पक्ष तयार रहे पनि बाढी आउने त्रासले गर्दा हाल सम्म पुनर्निर्माणको काम हुन सकेको छैन । ओझाले भने, ‘बाढी नआउने हो भने एक हप्ता भित्रै पुनर्निर्माण गर्न सकिन्छ ।’

माटोले पुरेर भए पनि रेल सेवा संचालन गर्ने तयारी गरेको भए पनि अहिले सम्म रेल आउने कुनै टुङ्गो लागि सकेको छैन । सरकारले उक्त रेलमार्गमा रेल संचालन गर्न भारतीय कम्पनी कोकान रेलवेयज कर्पोरेसन लिमिटेडमा निर्माणको लागि जिम्मा दिएको छ ।

तर हाल सम्म उक्त रेल भने निर्माण भईसकेको छैन । हाल निर्माणाधीन अवस्थामा रहेको रेलको डिब्बा तयार भएर आउँदा पनि बाढी आउन नरोकिए माटोले पुरेर भए पनि रेल संचालन गर्ने इन्जिनियर ओझाले जानकारी दिएका हुन ।

उक्त रेलमार्गको जनकनन्दनी गाउँपालिकाको खजुरी स्टेशन नजिकै ईनरुवामा करिब ७० मिटर रेल्वे ट्रयाक बाढीले बगाएको थियो । कमला नदिको तटबन्ध भत्किए पछि उक्त रेलमार्गको इनरुवा क्षेत्रमा रहेको ७० मिटर रेल्वे ट्रयाक बाढीले बगाएको हो ।

यस अघि दशैं सम्ममा रेल सेवा संचालन गरिसक्ने बताए पनि विभिन्न कारण देखाउँदै कार्तिक सम्ममा मात्रै रेल संचालन गर्न सकिने विभागले जानकारी दिएको छ । उक्त ब्रोडगेज रेलमार्गमा नेपालको आफ्नै रेल संचालन गर्न सरकारले २ सेट रेल खरिद गर्न प्रकृया अघि बढाई सकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL