Logo

नागढुङ्गा सुरुङमार्ग निर्माण अवधि धकेलियो, जग्गा मुआव्जाको टुङगो लगाउने जिम्मा भुमीसुधार मन्त्रालयलाई

नागढुङ्गा सुरुङमार्ग निर्माण अवधि धकेलियो, जग्गा मुआव्जाको टुङगो लगाउने जिम्मा भुमीसुधार मन्त्रालयलाई



काठमाडौं । नागढुङ्गा थानकोट सुरुङमार्ग निर्माणको समयावधि लम्विएको छ । धादिङतर्फको जग्गा मुआव्जाको टुङ्गो नलाग्दा उक्त आयोजनाको निर्माण समयावधि लम्विएको हो ।

आयोजनाको धादिङतर्फका प्रायजसो जग्गाधनीसँग लालपुर्जा नभएका कारण उक्त जग्गाको मुआव्जा वितरणमा अवरोध आएको छ । ५२ रोपनी जग्गामा धादिङ बासीहरुले मुआव्जाका लागि माग गरेका छन । तर करिव २३ रोपनी जग्गा गुठीमा पर्दछ भने कतिपय जग्गा धनी भनिएकाहरुको लाजपुर्जा नै छैन ।

फिल्डबुकमा जग्गा धनीको नाम भएपनि उनीहरुको लालपुर्जा नभएका कारण मुआव्जा दिन नसकिएको सुरुङमार्ग आयोजनाका प्रमुख श्याम प्रसाद खरेलले जानकारी दिए । उनका अनुसार गुठीको जग्गाको मुआव्जा कसरी दिने र लालपुर्जा नभएका जग्गा धनिलाई के का आधारमा मुआव्जा दिने भन्ने विषयमा भुमीसुधार मन्त्रालयमा पत्र पठाईएको छ ।

सामान्यतया गुठीमा भएको जग्गाको जम्मा १ तिहाई मूल्य मात्रै जग्गाको हकवालाले पाउने प्रावधान छ । तर उक्त सुरुङमार्गका जग्गाधनीले भने शतप्रतिशत मुआव्जा पाउनुपर्ने माग राख्दै आएका छन ।

यस्तै सडक विभाग पनि भुमीसुधार मन्त्रालय र मन्त्रिपरिषदको निर्णयको पर्खाईमा छ । भुमीसुधार मन्त्रालयले उक्त जग्गाको विषयमा निर्णय गरेपछि मात्रै उक्त जग्गाहरुको मुआव्जा वितरणको काम सुरु हुने सडक विभागका उपमहानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए । उनका अनुसार मुआव्जा वितरण पछि मात्रै काम सुरु हुने देखिन्छ । तर उक्त आयोजनाका आयोजना प्रमुख खरेल भने मुआव्जा वितरण, ठेक्का दिने प्रक्रिया लगायतका कामहरु भनेअनुसार समयमै भए भने तिहारपछि मात्रै निर्माणको काम अघि बढ्नेछ ।

उक्त जग्गाको विषयमा २ हप्ता अघि मात्रै जग्गा मुआव्जा निर्धारण समितिले जग्गाको मुआव्जाको टुङ्गो लगाएको थियो । उक्त आयोजनामा जापान सरकारको १६ अर्ब ऋण र नेपाल सरकारको ६ अर्ब गरी २२ अर्ब कुल लागत लाग्ने अनुमान गरिएको छ । आयोजनाले फ्लाईओभर निर्माणका लागि थप जग्गा अधिग्रहणको प्रक्रिया थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL