Logo

पूर्वाधार सम्मेलन २०१९ आगामी भदौ २५ र २६ गते, तयारी तिव्र

पूर्वाधार सम्मेलन २०१९ आगामी भदौ २५ र २६ गते, तयारी तिव्र



काठमाडौं । आगामी भदौ २५ र २६ गते पूर्वाधार सम्मेलन २०१९ हुने भएको छ । नेपाल उद्योग परिसंघले आगामी काठमाण्डौमा आयोजना गर्न लागेको तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ को तयारी द्रुत गतिमा अघि बढाएको हो । परिसंघले नेपाल सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदाय समेतको सहकार्यमा ‘दिगो विकासका लागि मजबूत पूर्वाधार’ को मूल भाव सहित आयोजना गर्न लागेको उक्त सम्मेलन सरकारले गत वर्ष सम्पन्न गरेको लगानी सम्मेलन २०१९ को फलोअप सम्मेलनका रुपमा रहने छ ।

लगानी सम्मेलनका क्रममा भएका कानूनी सुधारको गतिलाई अघि बढाउन सरकार सहित सबै सरोकारवालाहरुको थप ध्यानाकर्षण गराउने तथा लगानी सम्मेलनमा प्रस्तुत प्रस्तावित परियोजनाका लागि लगानी जुटाउन समेत यो सम्मेलन उत्प्रेरक हुने अपेक्षा गरिएको सीएनआईले जानकारी दिएको छ ।

अघिल्ला दुई पूर्वाधार सम्मेलनले आगामी २०३० सम्म नेपालको पूर्वधारको अवस्था तथा अबको पूर्वधारको लागि आवश्यक थप लगानीको यकिन गर्न बृहत तथा गहन अध्ययन गर्नु पर्ने औल्याएको थियो । यसैमा केन्द्रित गरि परिसंघले सर्वाङ्गिण विकास अध्ययन केन्द्रसँग सहकार्यमा त्यस्तो अध्ययन पुरा भई प्रतिवेदन तयार भएको छ । तेस्रो पूर्वाधार सम्मेलनमा यो प्रतिवेदन सार्वजनिक हुनेछ ।

पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले ‘पूर्वाधारमा गरिने उच्च लगानीको ‘मल्टिप्लायर इफेक्ट’ अर्थात बहुआयामिक प्रभावले आर्थिक वृद्धिमा ठूलो योगदान गर्ने जानकारी दिएका छन । उनले सरकारले पनि समृद्ध नेपाल सुखी नेपालीको नारा अनुसार विकासमा लगानी बढाई ठूला परियोजना विकास गर्न अवसरहरु प्राप्त भइरहेको जानकारी दिए ।

दुई दिनसम्म सञ्चालन गरिने उक्त पूर्वाधार सम्मेलनमा देशभित्र र बाह्य देशहरुका ५ सय भन्दा बढी लगानीकर्ताहरुको सहभागिता हुनेछ । सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यता एवं मित्रराष्ट्र दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री डाक्टर हान सुंग सो विशेष अतिथिका रुपमा रहनु हुनेछ भने मित्रराष्ट्र भारतबाट समेत वरिष्ठ मन्त्रीज्यहरु र लगानीकर्तालाई आमन्त्रण गरिएको छ ।

यसै गरी सातै प्रदेशहरुमा मूख्यमन्त्रीहरु, नेपाल सरकारका सम्बन्धित एवं प्रदेशका मन्त्रीज्यूहरु, विकास साझेदारका प्रमुखहरु, उपप्रमुखहरुका साथै विकास साझेदार संस्थाहरु विश्व बैँक, एशियन विकास बैँक, युरोपियन युनियन, डब्लु डब्लु एफ आदिले समेत सो सम्मेलनमा भाग लिने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL