Logo

पुनर्निर्माण प्राधिकरणको संशोधित बजेट ६ खर्ब ३० अर्बमा झर्यो, कार्यान्वयनमा दातृ निकायको प्रतिवद्धता

पुनर्निर्माण प्राधिकरणको संशोधित बजेट ६ खर्ब ३० अर्बमा झर्यो, कार्यान्वयनमा दातृ निकायको प्रतिवद्धता



काठमाडौं । नेपाल पुनर्निर्माण प्राधिकरणले आफ्नो संशोधित बजेट पेश गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता तथा सहजीकरण समितिको बैठकले नेपालको पुनर्निर्माण तथा पुनर्स्थापनामा ६ खर्ब ३० अर्ब रुपैयाँ लाग्ने अनुमान लगाएको हो ।

laxmi

यस्तै दातृ निकाय तथा विकास साझेदार संस्थाहरुले विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी पञ्चवर्षीय योजनामा संशोधित कार्यक्रम र वित्तीय योजना अनुसार अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

२०७३ साल वैशाखमा तयार पारिएको विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनामा सम्बन्धी पञ्चवर्षीय योजनाले पुनर्निर्माण र पुनर्स्थापनामा का लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आंकलन गरेको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बजेटको सीमालाई ध्यान दिएर खानेपानी, सडक, पुल लगायत सरकारका नियमित निकायहरुबाट गरिने पुनर्निर्माण र गैरसरकारी संस्थाहरुबाट गरिने पुनर्निर्माणको बजेट कटाइ प्राधिकरणमार्फत गरिने पुनर्निर्माणका कार्यक्रम मात्र समावेश गर्दा उक्त संशोधित बजेट तयार भएको जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७५र०७६ को अन्त्यसम्म २ खर्ब ९१ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आगामी आर्थिक वर्षका लागि १ सय ४१ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण तथा पुर्नस्थापनामा ‘फाइनान्सियल ग्याप’ रहेको भन्दै थप स्रोत जुटाउनका लागि अर्थमन्त्रालय र दातृ निकायहरुसँग परामर्श जारी रहेको बताएका छन ।

साथै नेपालले पुनर्निर्माण तथा पुर्नस्थापना प्राप्त गरेको उपलब्धी, अनुभव र सिकाईलाई अन्तरराष्ट्रिय समुदायसँग पुर्याउन आगामी वर्ष पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन गर्ने भएको छ । ‘दातृ निकायहरु समेतको सहयोगमा अन्तरराष्ट्रिय क्षेत्रमा नमूना योग्य काम भएका छन् । ती कार्यहरुलाई स्थापित गर्न र सिकाइको आदानप्रदानका लागि अन्तरराष्ट्रिय सम्मेलन गर्ने भएका हौं, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘तर वित्तीय स्रोत जुटाउनका लागि सम्मेलन गर्न लागिएको होइन ।’

बैठकमा विश्व बैंकका एक्टिङ कन्ट्री म्यानेजर केने एजेमेनारीले विभिन्न प्रतिकूलताका बाबजुद पुनर्निर्माणमा उल्लेखनीय रहेको बताएका छन । यस्तै विभिनन दातृ निकायका तर्फबाट आएका सहभागिले नेपालले छोटो समयमा निकै राम्ररी पुनर्निर्माण सम्पन्न गरेको बताएका छन । यस्तै उनीहरुले आ–आफ्नो तर्फबाट सहयोगको कामहरु अघि बढाईरहने समेत जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL