Logo

सडक विभागले भन्यो, नागढुङ्गा सुरुङमार्गको जिम्मा जापानी कम्पनीलाई दिईएको छैन, मूल्याङ्कनको काम हुँदैछ

सडक विभागले भन्यो, नागढुङ्गा सुरुङमार्गको जिम्मा जापानी कम्पनीलाई दिईएको छैन, मूल्याङ्कनको काम हुँदैछ



काठमाडौं । नागढुङ्गा–नौविसे सडकखण्ड सुरुङमार्गको जिम्मा जापानी कम्पनीलाई नदिएको सडक विभागले जानकारी दिएको छ । उक्त सुरुङमार्गको हालसम्म मूल्याङ्कनको काम मात्रै अघि बढिरहेको र अन्य कामहरुको टुङ्गो नै नलागेको विभागका महानिर्देशक केशव शर्माले जानकारी दिएका हुन । ‘विभिन्न संचारमाध्यममा जापानी कम्पनीले कामको जिम्मा पायो, असारदेखि काम सुरु हुने लगायत समाचार प्रकाशित भएका छन् तर यी सब झुटा हुन्,’ उनले भने ।

जापान सरकारको १६ अर्ब ऋण र नेपाल सरकाको ६ अर्ब गरी जम्मा २२ अर्ब लागत अनुमान गरिएको उक्त आयोजनाको ६ महिना अघिमात्रै टेण्डरको आह्वान गरिएको थियो । सोही टेण्डर अनुसार नै हालसम्म मूल्याङ्कनको काम भईरहेको र टेण्डर कसलाई पर्ने भन्ने विषयमा भने कुनै काम अघि नबढेकोे विभागका महानिर्देशक शर्माले बिजखबरलाई जानकारी दिए ।

‘सुरुङ बनाउने जिम्मा कसलाई दिने भन्ने विषयमा हालसम्म पनि छलफल भईरहेको छ,’ उनले भने, ‘जिम्मा पाएको कुरा त विभागमा जानकारी हुनुपर्ने हो मैलै स्विकृत नगरी कसरी जिम्मा पाएको भनेर भन्न मिल्छ र ?’ ६ महिना अघि गरिएको टेण्डरमा ५ ओटा कम्पनीले आवेदन दिएको विभागले जानकारी दिएको छ । तर कुन कम्पनीले सोको जिम्मा पाउने र काम कहिले देखि सुरु गर्ने भन्ने विषयमा कुनै टुङ्गो नलागेको उनको भनाई थियो ।

कुल २ दशमलव ७ किलोमिटरको उक्त सुरुङमा सहायक र मुख्य गरी २ ओटा सुरुङमार्ग रहनेछन । जसमा मुख्य सुरुङमार्ग सवारीसाधन संचालन र सहायक सुरुङमार्ग आपतकालिन सेवाका लागि प्रयोग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL