Logo

ईन्जिनियरहरुलाई तत्काल काममा फर्किन प्राधिकरणको निर्देशन, काममा नफर्के बर्खास्ती

ईन्जिनियरहरुलाई तत्काल काममा फर्किन प्राधिकरणको निर्देशन, काममा नफर्के बर्खास्ती



काठमाडौ । नेपाल पुनर्निमाण प्राधिकरणले केहि मागहरु राख्दै सामुहिक राजिनामा दिएका प्राविधिकहरुलाई काममा फर्किन निर्देशन दिएको छ । ईन्जिनियरहरुले उठाएका अतिरिक्त सेवासुविधासहितका मागहरुलाई सम्बोधन गरिसकेको बताउँदै काममा फर्किन निर्देशन दिएको हो । प्राधिकरणका करिव ४ हजार ईन्जिनियरहरुले बिहीबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्दै सामुहिक राजिनामा दिएका थिए ।

प्राविधिकहरुले उठाएका अतिरिक्त सेवा सुविधा लगायतका मागहरु २०७५ भदौबाट लागू हुने गरी नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट निर्णय भइसकेका छन,’ प्राधिकरणको सुचनामा भनिएको छ, ‘त्यसबारे नेपाल इन्जिनियर्स एसोसियनका पदाधिकारीहरु सहितको २०७६ बैशाख १२ गते बिहानको बैठकमा प्राविधिकहरुलाई जानकारी गराएका थियौं ।’

प्राधिकरणले पुनर्निर्माणमा जुट्न सबै ईन्जिीनियरहरुलाई निर्देशन दिँदै अवरोध नगर्न समेत आग्रह गरेको छ । प्राधिकरणले पुनर्निमाणमा अवरोध सिर्जना गरेमा कडा कदम चाल्ने पनि सुचनामा उल्लेख गरेको छ ।

आफुहरुले अगाढी सारेका मागहरुप्रति सरकार गम्भिर नभएको भन्दै ईन्जिनियरहरुले हिजो अर्थात बिहीबार सामुहिक राजिनामा दिएका थिए ।

ईन्जिनियरहरुले गत चैत्र ३ गतेबाट देशव्यापी चरणबद्ध आन्दोलन गर्दै आएका थिए । तर, सरकारले चरणबद्ध आन्दोलन गर्दापनि जायज मागप्रति कुनै सुनुवाई नगरेको र उल्टै आफूहरुलाई सेवा सुविधाबाट बञ्चित गराएको ईन्जिनियरहरुको भनाई छ ।

ईन्जिनियरहरुले आफूहरुले खाइपाई आएको प्रोत्साहन भक्ता, भौगोलिक भक्ता, यातायात खर्च र सञ्चार खर्च निरन्तर पाउनुपर्ने, प्रत्येक स्थानीय तहमा पुनर्निर्माण शाखा अनिवार्य रुपमा हुनुपर्ने, स्थायित्व र निरन्तरताको व्यवस्था गरिनुपर्नेलगायतका विभिन्न ५ बुँदे माग राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL