Logo

६ महिना भित्रै काठमाण्डौ केरुङ रेलमार्गको डीपीआर तयार हुने : मन्त्री महासेठ

६ महिना भित्रै काठमाण्डौ केरुङ रेलमार्गको डीपीआर तयार हुने : मन्त्री महासेठ



काठमाडौं । भौतिक पूर्वाधारको तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाण्डौ केरुङ रेलमार्गको ६ महिना भित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने बताएका छन ।

यस अघि चिनियाँ कम्पनीले काठमाण्डौ केरुङ रेलमार्गको सम्भाब्यता अध्ययन गरिसकेका छन । केरुङ–काठमाडौं रेलमार्गको डीपीआर तयार गर्न चीन सरकार सकारात्मक रहेको यस अघिनै रेल विभागले जानकारी दिएको छ ।

लगानी सम्मलेनमा बोल्दै मन्त्री महासेठले पूर्व सम्भाव्यता अध्ययन भैसकेको बताउँदै रेल यातायात सरकारको मुख्य प्राथमिकता रहेको बताएका हुन ।

उनले सो रेलमार्गको लागत हालको मूल्यका आधारमा ३ खर्ब रुपैयाँ बराबर हुने जानकारी दिँदै कुन आधारमा कसरी लगानी जुटाउने भन्ने बारेमा सरकारले शीघ्र निर्णय गर्नेसमेत जानकारी दिएका छन ।

विकासको प्रमुख आधारका रुपमा भौतिक पूर्वाधार र यातायात सञ्जाल नै रहेको उल्लेख गर्दै सरकारको प्रमुख प्राथमिकतामा समेत रेल, सडक रहेको उनले जानकारी गराए ।

सरकारले पछिल्लो समयमा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमकिता दिएको भन्दै मन्त्री महासेठले बिना हिच्किचाहट लगानीका लागि लगानीकर्तालाई आग्रह समेत गरेका छन ।

लगानी सम्मेलनमा चीन, दुबइ, भारत लगायातका देशका लगानीकर्ताले नेपालको पूर्वाधार क्षेत्रमा लगानीको चासो देखाएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL