Logo

काम सम्पन्न हुँदा पनि किन संचालनमा आएन धोविखोलाको आर्क ब्रिज, यस्तो छ कारण

काम सम्पन्न हुँदा पनि किन संचालनमा आएन धोविखोलाको आर्क ब्रिज, यस्तो छ कारण



काठमाडौं । तिनकुने माईतीघर सडकखण्डस्थित धोविखोला पुलको एप्रोच रोडको काम सकिदा पनि पुल संचालनमा आउन सकेको छैन । एप्रोच सडक संचालनमा आएपछि संचालनमा ल्याउने भनेको आयोजनाले फेरी बोली फेर्दै पुल चाँडै संचालनमा नल्याउने भएको हो ।

सवारी साधनको चाप बढिरहँदा उपत्यकाका प्रायजसो सडकहरु बोटलमाउथ ब्रिजका कारण जामले भरिन्छन । तर उक्त समस्यालाई निराकरण गर्नका लागि बनाईएका पुलहरु भने काम सम्पन्न भईसक्दा पनि संचालनमा नआउने भएपछि सवारीसाधनको जाम हट्न अझै समय लाग्ने देखिएको छ ।

ठेकेदार कम्पनी जेई कन्स्ट्रक्सनले धोविखोलाको नेटवर्क आर्क पुल निर्माणको ठेका लिएको ३ बर्ष वितिसक्दा बल्ल एप्रोच सडक सहित काम सम्पन्न भएको उक्त पुल ठेकेदारकै कारणले संचालनमा नआउने भएको हो ।

तिनकुने माईतीघर सडकखण्ड सुधार आयोजनाका डिभिजनल ईन्जिनियर विश्व विजयलाल श्रेष्ठका अनुसार उक्त पुलको काम दुबैतिर सम्पन्न गरेर मात्रै संचालनमा ल्याउने भन्दै उक्त पुलको काम सम्पन्न भएपनि संचालनमा आउन नसकेको हो ।

‘ठेकेदार कम्पनीले मर्मत अवधि दुबै तिरको पुलको काम सम्पन्न नहुँदासम्म लागु नगर्ने भएपछि एक मात्र पुल संचालनमा ल्याउन कठिन भएको हो,’ उनले भने, ‘अनामनगर पट्टीको पुल पुर्ण रुपमा संचालनमा आएमात्रै दुबै पुल एकैचोटी संचालनमा ल्याईनेछ ।’

उक्त पुलको निर्माण ठेक्का लिएको कम्पनी जेई कन्स्ट्रक्सनको निर्माण सम्पन्न गर्नुपर्ने म्याद गत बर्षको माघमै सकिएको थियो । तर म्याद सकिएको १ बर्ष वितिसक्दा एकापट्टीको पुलको मात्रै काम सम्पन्न भएको छ भने अर्काे पट्टीको पुलको भने काम सुरु हालै मात्रै गरिएको छ । एकापट्टिको काम सम्पन्न भईसक्दा उक्त पुलमा सवारी आवागमन हुँदा सवारी जाम केही मात्रामा नियन्त्रण हुने सम्बन्धीत यातायात ब्यवसायीको धारणा छ । तर आयोजनाका ठेकेदार कम्पनी भने दुबैतिरको पुलको काम पुर्ण रुपमा सम्पन्न नहुँदासम्म एउटै मात्रै पुल संचालनमा ल्याउन कठिन हुने बताएका छन ।

बेलाबेलामा विभिन्न निकायको रोकावटका कारणले काममा ढिलाई भएको भन्दै आयोजनाको म्याद थपिए थियो । आयोजनाका ईन्जिनियर श्रेष्ठका अनुसार हालै काम सम्पन्न भएको उक्त पुलको एप्रोच सडक बनाउन पनि केयुकेयलले विभिन्न समयमा रोकावट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL