Logo

५ बर्षमा महेन्द्र राजमार्ग ४ लेनको हुने, एडिबीले गर्याे २० अर्ब ऋण स्वीकृत

५ बर्षमा महेन्द्र राजमार्ग ४ लेनको हुने, एडिबीले गर्याे २० अर्ब ऋण स्वीकृत



काठमाडौं । अबको ५ बर्षमा महेन्द्र राजमार्ग ४ लेनको हुने भएको छ । एशियाली विकास बैंक (एडिबी) ले उक्त राजमार्गको स्तरोन्नतीका लागि ऋण स्वीकृत गरेसँगै ४ लेनको बन्ने पक्का भएको हो ।

उक्त राजमार्ग स्तरोन्नतीका लागि एडीबी बोर्डले १८० मिलियन डलर अर्थात हालको मूल्य अनुसार २० अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । एडीबीले पूर्व पश्चिम राजमार्ग नेपालकै एक व्यस्त राजमार्ग भएपनि यहाँ विभिन्न किसिमका मापदण्दहरु पुरा नभई सडक संचालनका आएकाले बेलाबेलामा समस्या आउने गरेको समेत उल्लेख गरेको छ । सोही समस्या न्युनिकरण गर्नका लागि एडीबीले सडकलाई ४ लेनको बनाउन नेपाललाई ऋण दिएको हो । ‘उक्त सडकको सुधार गरे नेपालको राष्ट्रिय तथा क्षेत्रीय यातायात क्षेत्र मजबुत हुनेछ । यसले व्यापार वृद्धि गर्नुका साथै सडक सुरक्षाका हिसावले पनि फाईदाजनक हुनेछ’, एडिबीका यातायात विज्ञ जोहन जर्जेटले भने ।

नेपालको सडक संजाल अन्तरगत ८ ओटा उत्तर दक्षिण र ४ ओटा पुर्व पश्चिम करिडोरबाट लगभग ९० प्रतिशत सामान तथा यात्रुहरु आवतजावत गरिरहेका छन । अहिलेको तुलनामा सन २०३३ सम्ममा पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीको संख्या दैनिक २५ हजार ४ सय हुनेछ जुन अहिने दैनिक ८ हजार ६ सय रहेको छ । यसका लागि एडिबीको उक्त परियोजनाले ठुलो सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

सडक ४ लेनको भएसँगै दुवैतिर फुटपाथ तथा विभिन्न हरियालीले भरिने एडिबीले जानकारी दिएको छ । एडिबीले उपलब्ध गराएको उक्त ऋणमार्फत नै उक्त सडकको डिजाइन बनाईने भएको हो । करिव २७ अर्ब कुल लागत रहने उक्त परियोजनामा नेपाल सरकारले करिव ९ अर्ब रुपैयाँ लगानी गर्नेछ । साथै उक्त परियोजना २०२२ सम्ममा पुरा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL