Logo

देशका सबै राजमार्ग अब ‘एस्प्रेस हाईवे’, पूर्व पश्चिम राजमार्गको स्तरोउन्नती

देशका सबै राजमार्ग अब ‘एस्प्रेस हाईवे’, पूर्व पश्चिम राजमार्गको स्तरोउन्नती



काठमाडौं । सरकारले पूर्व पश्चिम राजमार्गको स्तरोन्त्ती गर्न सम्भाब्यता अध्ययन गरी निर्माणकार्य सुरु गर्ने भएको छ ।

यस्तै आगामी आर्थिक बर्ष भित्रमा काठमाडौं निजगढ द्रुतमार्ग, मध्य पहाडी पुष्पलाल लोक मार्ग तथा हुलाकी राजमार्ग निर्माणमा विशेष जोड दिएको छ । अबका दिनमा नेपालका सबै राजमार्गहरुलाई एक्सप्रेस हाईवेका रुपमा विकास गर्न समेत बजेट बक्तव्यमा उल्लेख छ ।

त्यसतै सरकारले आगामी आवमा दक्षिणी सिमानासम्म जोडिएका जिल्लाका दक्षिणी सिमाना नाका देखी सदरमुकाम हुँदै पूर्व पशिम राजमार्ग जोडने सडकहरुलाई मध्य पहाडी पुष्पलाल लोक मार्गसँग जोडने भएको छ ।

चुरे तथा भित्री मधेसका कृषि, ब्यवसायिक तथा औधौगिक करिडोरको रुपमा विकास गर्न झापा देखी डडेल्धुरा सम्मको मदन भण्डारी राजमार्गलाई मेची नगरपालिकाको पाटापुर सम्म विस्तार गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL