Logo

सडक सञ्जालले छुन सकेन डोल्पा र हुम्ला, गत बर्षको तुलनामा १०८३ किमि सडक कम निर्माण

सडक सञ्जालले छुन सकेन डोल्पा र हुम्ला, गत बर्षको तुलनामा १०८३ किमि सडक कम निर्माण



काठमाडौं । सरकारले ७७ जिल्ला मध्ये हालसम्म ७१ जिल्लामा मात्र सडक कालोपत्रे गरेको छ ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्बेक्षण अनुसार ७ प्रदेशमा सुरुको ८ महिनामा ५८ हजार ३ सय ९८ सडक सञ्जाल फैलिएको छ ।

जसमध्य धुले÷कच्ची सडक ४२ हजार ८ सय ९२ किलोमिटर, ग्राबेल १२ हजार ८ सय ४० किमि, कालोपत्रे २६ हजार ६ सय ६६ किमि रहेको छ ।

तर, ७ नम्बर प्रदेशका डोल्पा र हुम्लालाई भने हालसम्म सडक सञ्जालले छुन सकेको उक्त सर्बेक्षणमा उल्लेख छ ।

७१ जिल्लामा सडकको कालो पत्रे सँगै सवारी साधन संचालन गर्न योग्य १ हजार ९ सय ७४ पुल निर्माणकार्य समेत सम्पन्न गरिसकेका छन ।

केन्द्रीय निकायबाट चालु आर्थिक बर्ष २०७४÷७५ को सुरुको ८ महिनामा निर्माण भएको २९ हजार ६ सय ३९ किलोमिटर सडक मध्य कालोपत्रे ४४ दशमलव ३ प्रतिशत, खण्डास्मित २३ दशमलव ५ प्रतिशत र कच्ची सडकको अंश ३२ दशमलव २ प्रतिशत रहेको आर्थिक सर्वेक्षण २०७४÷७५ ले देखाएको छ ।

भौतिक पूर्वधार तथा यातायात मन्त्रालयको तथ्याङक अनुसार चालू आबको सुरुको ८ महिनामा कालोपत्रे भएको १३ हजार १ सय ३९ किमि, खण्डास्मित ६ हजार ९ सय ५६ किमि तथा कच्ची सडकको अंश ९ हजार ५ सय ३४ किमि रहेको छ ।

चालु आवको प्रथम ८ महिनाममा १ हजार ३ सय ४८ किमि सडक निर्माण भएको छ भने गत आवमा २ हजार ४ सय ३१ किमि सडक निर्माण भएको थियो । जुन गत आवको तुलनामा यो बर्ष १ हजार ८३ किमि सडक कम निर्माण भएको आर्थिक सर्वेक्षणले देखाएको छ ।

चालु आवको प्रथम ८ महिनामा सबै भन्दा धेरै प्रदेश नं. ३ मा सडक निर्माण भएको छ भने कर्णाली प्रदेशमा सबै भन्दा कम सडक सञ्जाल विस्तार भएको छ ।

प्रदेश न.ं ३ मा निर्मित सडक अंश २५ दशमलव ५ प्रतिशत रहेको छ भने सबै भन्दा कम कर्णाली प्रदेशमा ४ दशमलव ५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL