Logo

अघि बढ्यो धुलिखेल नागढुंगा मेट्रो रेल संचालन प्रक्रिया, डीपीआरको लागि बोलपत्र आब्हान

अघि बढ्यो धुलिखेल नागढुंगा मेट्रो रेल संचालन प्रक्रिया, डीपीआरको लागि बोलपत्र आब्हान



काठमाडौं । सरकारले धुलिखेल नागढुंगा मेट्रो रेल संचालन प्रक्रिया अघि बढाएको छ । लगानी बोर्डको बैठकले धुलिखेलदेखि नागढुंगासम्मको मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) का लागि आशय पत्र माग्ने निर्णय गरेसँगै उक्त आयोजना अघि बढेको हो । उक्त बैंठकले आशयपत्र सम्बन्धी कागजपत्र स्वीकृत गर्दै सम्भाव्यता अध्ययनका लागि बोलपत्र आब्हान गर्ने निर्णय गरेको हो ।

सरकारले यस अघि उक्त रुटको कलंकी–कोटेश्वर खण्डको अध्ययन गरेको थियो । तर, हिजो बसेको बोर्ड बैंठकको निर्णय अनुसार धुलिखेलदेखि नागढुंगासम्मकै सम्भाव्यता अध्ययन गर्नका लागि आशयपत्र माग गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । ‘बोर्डको बैंठकले हिजो निर्णय गरेसँगै अब थप कागजात बनाए आशयपत्रका लागि ग्लोवल टेण्डर आब्हान गर्नेछौं,’ उनले भने, ‘त्यसमा छनौट भएकालाई सम्भाव्यता अध्ययनका लागि जिम्मा दिइने छ ।’

उनका अनुसार सो खण्डको कुल ३७ किलोमिटरमा मेट्रो रेल संचालनका लागि आशयपत्र माग गरिएको छ । हाल उक्त रेल संचालनका लागि १ खर्ब २९ अर्ब लाग्ने अनुमान गरिएको छ । तर, विस्तृत सम्भाव्यता अध्ययन पनि मात्र वास्तविक लागत आउने अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL