Logo

धुर्मुस–सुन्तलीलाई क्रिकेट मैदान बनाउन भरतपुर महानगरले दियो जग्गा, १ करोड विनियोजन

धुर्मुस–सुन्तलीलाई क्रिकेट मैदान बनाउन भरतपुर महानगरले दियो जग्गा, १ करोड विनियोजन



काठमाडौँ । धुर्मुस–सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि जग्गा उपलब्ध गराउने भएको छ ।

फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेका बेला महानगर प्रमुख रेणु दाहालले जग्गा उपलब्ध गराउने घोषणा गरेका हुन ।
सोमबार पत्रकार भेटघाटमा महानगरले जग्गा उपलब्ध गराउने घोषणा गरे संगै क्रिकेटका लागि चितवन आउन आह्वान गर्छु, महानगरले सक्दो सहयोग गर्ने छ दाहालले बताइन ।

फाउण्डेसनले प्रदेशन नं ३ का विभिन्न क्षेत्रमा रंगशाला निर्माणका लागि जग्गा खोजी गरिरहेको थियो । महानगर प्रमुख दाहालले पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं २० मा निर्माण हुँदै गरेको रंगशालाको मैदान उपलब्ध गराउन महानगर तयार रहेको बताएकी छिन ।

दाहालले आवश्यक पर्ने आर्थिक र भौतिक सहयोग गर्न समेत तयार रहेको बताउँदै सोमबार नै बोर्ड बैठकबाट अनुमोदन गरेर फाउण्डेसनलाई पत्राचार गरिने बताएकी छिन ।

तत्कालीन प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन प्याकेज घोषणाका क्रममा उक्त रंगशालाका लागि ५० लाख रुपैंया विनियोजन गरेका थिए । जस्मा १९ लाख खर्चेर बाँकी रकम फ्रिज भएको थियो ।

अहिले भरतपुर महानगरले उक्त रंगशालाका लागि रु एक करोड बजेट छुट्याएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL