Logo

चीन सरकारले बनाइदिने भयो तिनकुने शान्ति मण्डला, नेपाली टोली चीन जाँदै

चीन सरकारले बनाइदिने भयो तिनकुने शान्ति मण्डला, नेपाली टोली चीन जाँदै


रक्षा रेग्मी
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले निर्माण गर्न लागेको तिनकुने शान्ति मण्डला चीन सरकारले बनाइदिने भएको छ । तिनकुनेमा बनाउन लागिएको सो मण्डला चीनको छेन्दु नगरपालिकाले निर्माण गरिदिने काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । ‘छेन्दु नगरपालिका मेयरले काठमाडौं महानगरलाई सहयोग गर्ने बचववद्धता  गरेका छन,’ उनले भने ‘हामीले मण्डला निर्माणमा सहयोग गर्न आग्रह गर्ने गरेका छौं ।’

tinkune-shanti-mandala

कार्कीका अनुसार त्यतिवेला छेन्दुका मेयरले कुनै एउटा परियोजनामा लगानी गर्ने चासो व्यक्त गरेका थिए । सोही अनुसार मण्डला निर्माणको कार्य चीनलाई दिन लागिएको हो । उक्त मण्डला निर्माण्का लागि १ अर्ब २५ करोड रुपैयाँ निर्माण लागत लाग्ने भएको छ । सो रकम चीन सरकारले व्यहोर्ने भएको छ ।

चीनलाई निर्माणको जिम्मा दिएको अवस्थामा काम छिटो सम्पन्न हुने उनको विश्वास छ । निर्माण सम्वन्धमा छेन्दु र काठमाडौं महानगरवीच चाँडै नै सम्झौता सम्वन्धी आवश्यक प्रक्रिया अघि बढाइने कार्कीले जानकारी दिए । यसका लागि महानगरपालिकाका टोली चीन भ्रमणमा जाने तयारी गरिएको उनले जानकारी दिए ।

shanti-mandala-tinkune

तिनकुने शान्ति मण्डला निर्माण लागत सवा अर्ब रुपैयाँ पुग्ने भएको छ । मण्डलाको डिजाइन सम्बन्धी काम पाएको आर्किटेक्ट डिजाइन एसोसिएट्स उक्त लागत खर्च सहित महानगरपालिकालाई रिपोर्ट बुझाएको थियो । महानगरले विस्तृत अध्ययनका लागि आर्किटेक्ट डिजाइन एसोसिएट्ससोही कम्पनीलाई निर्देशन समेत दिएको छन् ।

महानगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ बुद्धको विशाल मूर्तिसहितको मण्डला निर्माण गर्न लागेको कार्कीले जानकारी दिए । सो संरचना तिनकुनेको ५० रोपनी जग्गामा तयार गर्न लागिएको हो । तिनकुने शान्ति मण्डला आगामी ५ बर्ष्भित्र बनाइसक्ने योजना अनुरुप प्रक्रिया शुरु गरिएको छ । ‘मन्त्रालयले प्रस्ताव स्वीकृत गरेलगत्तै अत्याधुनिक मण्डला निर्माण कार्य शुरु गर्ने छौं,’ उनले भने ।

सो मण्डल निर्माणको प्रस्ताव संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रस्ताव स्वीकृत गर्नुपर्छ । तिनकुनेमा बन्ने भनिएको सो मण्डला संसारकै आकर्षक स्थल बन्ने विश्वास महानगरको छ ।

शन्ति मण्डला तिनकुनेको ट्राफिक आइल्याण्ड साइडको खाली जग्गामा बन्ने भएको हो । जुन काठमाडौं, ललितपुर र भक्तपरको मध्य भागमा पर्छ । सो शान्ति मण्डलाको मूख्य आकर्षण बुद्धको विशाल मूर्ति हुनेछ । जुन १६ मिटर उचाइको बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL