Logo

५७ वटा विदेशी कम्पनी कालोसुचीमा, कामदार पठाउन रोक

५७ वटा विदेशी कम्पनी कालोसुचीमा, कामदार पठाउन रोक


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

१४ भदौं, काठमाडौं । वैदेशिक रोजगार विभागले ५७ वटा विदेशी रोजगारदाता कम्पनीलाई कालोसुचीमा राखेको छ । विभागले विदेशस्थित नेपाली कामदार लिने कम्पनीलाई कालोसुचीमा राखेको हो ।

नेपाली कामदारलाई काममा लगाएर करारमा उल्लेख भए अनुसारको सेवा सुविधा नदिएका विदेशी रोजगारदाता कम्पनीलाई कालोसुचीमा राखिएको नेपाल वैदेशिक रोजगार विभागका प्रवक्त बद्री कार्कीले बताए । ‘हामीलाई रोक्का राख्न विदेशस्थित नेपाली दूतावासले पत्र पठाएका हुन्छन्,’ उनले भने, ‘सोही अनुसार हामीले रोक्का राखेका हौं ।’

विभाले कालोसुचीमा राखेको रोजगारदाता कम्पनी मध्ये सवैभन्दा मलेशियन रोजगारदाता कम्पनी रहेको छ । हालसम्म ५२ वटा मलेशियन रोजगारदाता कम्पनीलाई कालोसुचीमा राखिएको छ । पछिल्लो समय मलेशिया गएका नेपाली कामदार अलपत्र पर्ने क्रम बढ्दै गएपछि कालोसुचिमा राख्ने क्रम बढेको हो ।

आगामी दिनमा ती कम्पनीबाट कामदारको माग आएमा नपठाइने विभागले जानकारी दिएको छ । मलेशियाका केही रोजगारदाता कम्पनीले कादारलाई काममा लगाएर तलव नदिने, सम्झौतापत्रमा भए अनुसारको काम नदिने तथा अमर्यादित व्यवहार गरेका कारण कालोसुचिमा राख्नु परेको मलेशिया स्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

यसैगरी साउदी अरबको २, कतारको २ र संयुक्त अरव इमिरेट्सको १ वटा कम्पनीलाई कालोसुचीमा राखिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL