Logo

वाणिज्य बैंकको नाफा ७ अर्वले बढ्यो, साढे २७ अर्व कमाए

वाणिज्य बैंकको नाफा ७ अर्वले बढ्यो, साढे २७ अर्व कमाए


रामराजा श्रेष्ठ
54
Shares

रामराजा श्रेष्ठ

२ भदौं, काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले २७ अर्व ६७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । वाणिज्य बैंकहरुले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकहरुले सो नाफा आर्जन गरेका हुन् । वाणिज्य बैंकले गत आवमा गरको नाफा आव २०७०/७१ को तुलनामा ७ अर्व रुपैयाँले बढी हो । वाणिज्य बैंकले आव २०७०/७१ मा कुल २० अर्व ५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए ।

आर्थिक वर्ष २०७१/७२ मा सवैभन्दा बढी नाफा आर्जन गर्नेमा सरकारी स्तरको वाणिज्य बैंक रहेको छ । वाणिज्य बैंकले सो आवमा ४ अर्व ५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले नेपाल इम्भेष्टमेन्ट बैंकमा रहेको आफ्नो सेयर बेचेपछि नाफामा उच्च बृद्धि भएको हो ।

यसैगरी, दोस्रो बढी नाफा निजी क्षेत्रबाट संचालित नविल बैंकले कमाएको छ । बैंकले गत आवमा कुल २ अर्व १० अर्व रुपैयाँ खुद मुनाफा आर्जन गरेको भने नेपाल इन्भेष्टमेन्ट बैंकले पनि १ अर्व ९७ करोड रुपैयाँ आर्जन गरेको वित्तीय विवरणले देखाएको छ ।
यसैगरी गत वर्ष बढी नाफा आर्जन गर्ने वाणिज्य बैंकमा सरकारी स्वामित्वको कृषि विकास बैंक रहेको छ । सो बैंकले गत आवमा कुल १ अर्व ८७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यसैगरी, एभरेष्ट बैंकले १ अर्व ५७ करोड रुपैयाँ मुनाफा गरेको छ भने स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि १ अर्व २९ करोड नाफा आर्जन गर्न सफल भएको छ ।

गत वर्ष थप ४ वटा बैंक विलिनियर बैंकको रुपमा छिरेका छन् । जसमा हिमालयन बैंक, एसवीआई बैंक, प्रभु बैंक र ग्लोवल आइएमई बैंकले १ अर्व रुपैयाँभन्दा बढी नाफा गर्न सफल भएका छन् । यसैगरी पछिल्लो समय स्थापित प्राइम कमर्शियल बैंकले पनि ८० करोड रुयैयाँभन्दा बढी नाफा आर्जन गरेको छ ।

नेपाल राष्ट्र बैंकले गरेको सरल व्यवस्थाका कारण भुकम्प पछि पनि नाफामा गिरावट नआएको बैंकरहरु बताउँछन् । राष्ट्र बैंकले गत आवमा भुकम्प पछि कर्जाको वर्गिकरण लगायतका विषयमा सरलीकरण गरेको थियो । गत आवमा प्रायजसो बैंकले व्याज आम्दानीमा उल्लेख्य सुधार गरेका छन् ।

कसले कति कमाए ?

bank_report_2071

प्रतिक्रिया दिनुहोस्
MBL